फाष्ट मिडिया नेपाल संवाददाता
काठमाडौं । गायिका समिक्षा अधिकारीले आफू अष्ट्रिेलिया जाँदाको विषय जोडेर व्यक्ति इज्जत र प्रतिष्ठामा आँच पु¥याएको भन्दै केही मिडियामाथि साइबर अपराध अन्तर्गतको उजुरी दर्ता गरेकी छन् । ष्टे«लिया भिसाबारे ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा आफूमाथि अनेक टिप्पणी आएपछि उनी न्यायको ढोका ढक्ढक्याएकी पुगेकी हुन ।
गायिका अधिकारीले चार जनालाई प्रतिवादी बनाई जिल्ला प्रहरी कार्यालय कास्कीमा आइतबार साइबर अपराधसम्बन्धी उजुरी दर्ता गरेकी हुन् । उनले ताजा खबर, ग्लोबल नागरिक, हाम्रो लर्निङ सेन्टर र रुटिन अफ बुटवल बन्द नाम गरेको फेसबुक पेजबाट आफ्नो इज्जत प्रतिष्ठामाथि आँच आउने कार्य गरेको बताएकी छन् ।
उनले निवेदनमा लेखेकी छन्, ‘मेरो विषयमा अतिरञ्जित कुराहरु लेखी हुँदै नभएको कुराहरु, बिनाप्रमाण, विभिन्न समाचारहरु प्रेषित गरी फेसबुकमा ताजा खबर, ग्लोबल नागरिक, हाम्रो लर्निङ सेन्टर र रुटिन अफ बुटवल बन्द नाम गरेको फेसबुक पेजबाट मेरो इज्जत प्रतिष्ठामाथि आँच आउने कार्य गरी समाचार लेखी पोस्ट गरेको र कुनै प्रमाण नभई बिनाआधार जे मन लाग्यो त्यही कुराहरु लेखी पोस्ट गरेको हुँदा उक्त फेसबुक पेज चलाउने व्यक्तिहरुलाई खोजतलास गरी कानुनी कारबाही गरी पाउँ ।’
उनले कसैको वास्तविक कुरा नबुझी आफ्नो सञ्जाल प्रचारको लागि कसैको जिन्दगीसँग खेलबाड गर्नु जघन्य अपराध हो भन्दै सबै सञ्चारमाध्यमलाई पनि यथार्थ बुझेरमात्र समाचार सम्प्रेषणको आग्रह गरिन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो