फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । कोरोना भाइरसको सङ्क्रमणबाट मंगलबार दुई जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सङ्क्रमित दुई जनाको मृत्यु भएको हो ।
यसैगरी मन्त्रालयका अनुसार आज दुई हजार दुई सय ९२ जनामा गरिएको परीक्षणमा एक सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै ८५ जना स्वास्थ्यलाभ गरी घर फर्किएका छन् भने कूल सङ्क्रमित सङ्ख्या तीन सय ९७ पुगेको छ ।
काठमाडौं उपत्यकामा २२ जना आइसोलेशन, आठ जना सघन उपचार कक्ष (आइसियु), चार जना भेन्टिलेटरमा उपचाररत रहनुभएको छ । शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले बढ्दै गइरहेको छ ।
खगेन्द्र कार्की
६ बैशाख २०८०, बुधबार ०६:१६ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो