मोरङ्ग। सुन्दरहरैचा स्थित वडा नं ५ मा बुद्ध बिहार गुम्बाले २८६० औँ (डुक ल्हो) गरुड वर्ष सोनाम ल्होछारको अवसरमा शनिबार शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ।
बुद्ध बिहार गुम्बा सुन्दरहरैचा ५ का अध्यक्ष लाल बहादुर तामाङको अध्यक्षता साथै सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यता तथा सुन्दरहरैचा वडा नं ५ का वडा अध्यक्ष गणेश चौधरीको विशिष्ट आतिथ्यता सो कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा बोल्दै सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले यस किसिमको कार्यक्रमले तामाङ सामुदायमा आधारित मौलिक सांस्कृतिको विकासमा थप टेवा मिल्ने बताइन । चौधरीले विभिन्न समुदायका भाषा संस्कार संस्कृतिको संरक्षण गर्न सके पर्यटन प्रवद्धन हुने विश्वास व्यक्त गरिन् । उनले भाषा संस्कार संस्कृति संरक्षण गर्नुपर्ने स्थानिय तहको समेत भुमिका रहेको बताएको छन्।
सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, खरायो, मेघ (ड्रागन), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरिएको छ। ल्होछारलाई नयाँ वर्षका रूपमा लिइन्छ। मञ्जुश्री पात्रोअनुसार २८६० औँ वर्ष शुरु भएको छ।
यो पर्व विश्वका ६५ वटा देशमा मनाउदै आएको भन्दै आजकै दिन चीन, भुटान, थाइल्याण्ड, लाओस र मंगोलिया लगायतका देशमा पनि ‘ल्हो’ परम्परा अनुसार नै नयाँ वर्ष मनाउदै आएको उक्त कार्यक्रममा जानकारी दिइएको थियो ।
कार्यक्रममा समाजिक तथा राजनैतिक व्यक्तित्व तथा विभिन्न संघ संस्था बाट प्रतिनिधिहरु साथै स्थानीयहरुको उपस्थिति रहेको थियो।
दयाराम कटेल
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो