अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा सुधार ल्याउनको लागि कार्य गर्दै करुणा फाउन्डेसन :प्रशासनिक सहायक कृष्ण मगर

फाष्ट मिडिया नेपाल संवाददाता

उपमा ढकाल, सुनसरी।। सन् २००८ मा स्थापना भई अपाङ्गताको क्षेत्रमा काम गर्दे आईरहेको करुणा फाउण्डेशन नेपाल एक गैरनाफामूलक संस्था हो। यो सस्थाका विभिन्न शाखाहरु छन्। यस संस्थाले अपाङ्गता रोकथाम तथा पुर्नस्थापनामा काम गर्दै अएको छ। यसै बिचमा करुणा फाउण्डेशन नेपालका प्रशासनिक सहायक कृष्ण मगरसँग गरेको कुराकानी :

करुणा फाउण्डेशन नेपालले कस्तो कार्यक्रममा काम गरिरहेको छ र यसका उद्धेश्य के के छन् ?

करुणा फाउण्डेशन नेपाल एक गैरनाफामूलक संस्था हो।यस संस्थाले अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रममा काम गरिरहेको छ। यसले मातृशिशु एवं बाल स्वास्थ्य प्रवर्द्धन गरी जन्मजात तथा जन्म पश्चात हुने अपाङ्गता न्यूनीकरण गर्दै अपाङ्गता भएका व्यक्तिहरू सहितको समावेशी समाजको निर्माण गर्ने लक्ष्य लिएको छ। यस कार्यक्रमले मातृशिशु स्वास्थ्य सेवाको गुणस्तरमा सुधार गर्दै स्वास्थ्य सेवा उपभोगमा पहुँच बढाउने तथा समुदायमा रहेका सेवा प्रदायक संस्थाहरूको सुदृढिकरण गर्दै अपाङ्गता हुनबाट बालबालिकालाई जोगाउनु र अपाङ्गता भएका व्यक्तिहरूलाई समुदायमै पुनर्स्थापना गरी उनीहरूको जीवनमा सुधार ल्याउने उद्देश्य राखेको छ। 

करुणा फाउण्डेशन नेपालले कहिलेबाट अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम सञ्चालन गरेको र कस कसको साझेदारिमा कार्यक्रम सञ्चालन भईरहेको छ ?

पहिलो चरणमा रसुवा जिल्लाबाट सूचारु भएको कार्यक्रम हामीले काम विस्तारको क्रममा इलाम, इनरुवा, दुहवी जस्ता ठाउँहरुमा विभिन्न अपाङ्गता सम्बन्धी काम तथा महिला शसक्तिकरणको क्षेत्रमा कार्य सञ्चालन गरिएको थियो। वि.स २०७६ बाट भने वर्तमान कोशी प्रदेशका ६ वटा जिल्ला ( मोरङ्ग, सुनसरी, धनकुटा, भोजपुर, पाँचथर र संखुवासभा) का स्थानिय तहहरुमा कार्यक्रम सञ्चालन गरिरहेका छै। हामीले कोशी प्रदेशका स्थानिय तहहरु सामाजिक विकास मन्त्रालय, कोशी प्रदेश र करुणा फाउण्डेशन नेपालको त्रिपक्षिय लागत साद्झेदारीमा अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम सञ्चालन गरिरहेका छै। यो कार्यक्रमको कार्य अवधी तिन बर्षको थियो तर कोरोनाको कारणले यो कार्यक्रम लमबिन गयो। अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रमा राष्ट्रिय अपाङ्गता महासंघ नेपालको प्राविधिक सहयोग रहेको छ।

करुणा फाउण्डेशन नेपालले अपाङ्गता भएका व्यक्तिको जीवनमा कसरी सुधार ल्याउको छ र अपाङ्ग हुन नदिन के कस्ता कामहरु गरेको छ ?

करुणा फाउण्डेशन नेपालले अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा सुधार ल्याउनको लागि फूल बनाउने तालिम , कुसन बनाउने तालिम , गुडिया बनाउने तालिम दिने गरेको छ जस्ले गर्दा उनीहरुले त्यस्ता सामानहरु बनाएर पैसा कमाउन सक्छन्। अपाङ्गता भएका व्यक्तिहरुलाई उनिहरुको अवस्था हेरेर हविलचियर दिने गरेका छै। अपाङ्ग हुन नदिनका लागि नव विवाहित दाम्पतीहरुलाई शुभकामना कार्ड दिने गरिन्छ जस्मा मातृशिशु स्वास्थ्य र जन्मजात अपाङ्गताको रोकथाम , जन्मजात अपाङ्गताबाट बच्ने उपायहरु, फोलिक एसिडहरुको बारेमा जानकारी दिने काम गछौ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया