काठमाडौं । नेपाल सरकारले प्रतिबन्ध लगाएको इराकमा २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेका छन् । गैरकानुनी बाटो हुँदै इराक पुगेका नेपाली कामदार समस्यामा पर्दा धेरै खालको सास्ती झेल्नुपरेको छ ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इराकका अध्यक्ष विनोद श्रेष्ठका अनुसार सरकारले प्रतिबन्ध लगाए पनि हजारौं नेपाली महिला मानव तस्करको जालोमा परेर भारतको बाटो हुँदै इराक पुग्ने गरेका छन् । गैरकानुनी रूपमा इराक पुगे पनि त्यहाँ पुगेपछि भने कानुनी रूपमै बसोबास गर्न पाउँछन् ।
‘यहाँ आउने त सबै गैरकानुनी रूपमै हो, तर यहाँ आइतपुगेपछि कानुनी रूपमै बसेका हुन्छन्,’ अध्यक्ष श्रेष्ठले इराकबाट राजधानीसँग भने, ‘गैरकानुनी बाटो हुँदै यहाँ आउने नेपाली महिला कामदारलाई बिरामी हुँदा भने औषधि उपचार गर्न समस्या हुने गर्छ ।’ श्रेष्ठका अनुसार इराकमा २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेका छन् ।
सरकारले इराक गन्तव्यमा प्रतिबन्ध लगाउँदा दलालहरूलाई मात्र फाइदा पुगेको त्यहाँस्थित विभिन्न नेपाली संगठनहरूले बताउने गरेका छन् । दलालले पछिल्लो समय भारतको बाटो हुँदै इराक, जोर्डन, दुबई, कतार, साउदी अरेबिया, कुवेत, ओमानलगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् । गैरकानुनी बाटोबाट विदेश पठाउनेक्रम बढ्दा मानव तस्करहरू भने मालामाल बनिरहेका छन् ।
गैरकानुनी बाटो हुँदै खाडीका विभिन्न मुलुकमा पुग्ने कामदारसँग श्रम स्वीकृति हुँदैन । त्यहाँ मृत्यु वा बिरामी परेको खण्डमा त्यहाँ रहेका सम्बन्धित नेपाली दूतावासले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । कतिको शव स्वदेश फर्काउन आर्थिक अभाव हुँदा विदेशमै अन्तिम संस्कारसमेत गर्ने गरिएको छ ।
बग्दादमा घरायसी कामदारका रूपमा कार्यरत उनले सहयोगको याचना गरेपछि उद्धार गरिएको थियो । गैरकानुनी बाटो हुँदै १ वर्षअघि उनी इराक पुगेकी थिइन् । सुरुमा दुबई पुगेकी उनलाई पछि एजेन्टले इराक पु¥याएका थिए ।
यसैगरी, केही दिनअघि मात्र रोजगारीको सिलसिलामा इराक पुगेर बिरामी परेका पोखराका रामबहादुर गुरुङलाई पनि उद्धार गरेर नेपाल फर्काइएको छ ।
यस्तै, मोरङको बयरबन–९ घर भई विगत केही वर्षदेखि रोजगारीका क्रममा इराकको अर्बिल सहरमा पुगेका चन्द्रबहादुर बस्नेतको गत ३ डिसेम्बरमा निधन भएको थियो । उनको श्रम स्वीकृति नहुँदा शव अलपत्र परेपछि एनआरएनएले शव पठाउन लाग्ने आवश्यक खर्च जुटाउन आर्थिक अभियान सञ्चालन गरिरहेको उनले बताए ।
यस्तै, सात महिनाअघि कुर्दिस्तान सुलेमानीमा कामको सिलसिलामा पुगेकी नेपाली चेली अनिता पाइजाको पनि उद्धार गरिएको छ । उनलाई त्यहाँ पु¥याउने एजेन्टसँग समन्वय गरी एनआरएनएले नेपाल फर्काइसकेको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो