जननिर्वाचित महीला प्रतिनिधीहरु र पत्रकारहरु सग एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न

सुप्रिया राई

इटहरी । दलित महिला केन्द्र नेपालको आयोजनामा विराटनगरमा जननिर्वाचित महीला प्रतिनिधीहरु र पत्रकारहरु सग एक दिने अन्तरकृया  कार्यक्रम सम्पन्न भएको छ ।

जननिर्वाचित महिला प्रतिनिधीहरुको राजनितीमा सक्रिय सहभागीताका लागी सहयोग पुग्ने उदेस्यले विराटनगरमा गरिएको अन्तरकृया कार्यक्रममा कोशी प्रदेशको ओखलढुङ्गा,खोटाङ,मोरङ,सुनसरी र झापाको पालीकाहरुका महिला जनप्रतिनिधीहरु र पत्रकारहरुको सहभागीता रहेको थियो ।

 कार्यक्रममा महिला जनप्रतिनिधीहरुलाई पालिकाको कर्मचारीहरुले वडा अध्यक्षहरुलाई जस्तो सम्मानपुर्ण व्यवहार नगर्ने,वडा अध्यक्षले पनि पुरुष सदस्यहरुलाई जति जिम्मेवारी महिला सदस्यहरुलाई जिम्मेवारी दिन नसक्ने, साथै अवका दिनमा चुनौतीका साथ वडाका महिलाहरुलाई प्रत्यक्ष लाभ हुने खालका वजेड वनाउने लगायतका कुराहरु सहभागी महिला जनप्रतिनिधीहरुले उठाएका थिए ।

 दलित महिला केन्द्र नेपालले दलित सीमान्तकृत महिलाहरुको अधिकार संरक्षण तथा प्रवर्दन र समानुपातिक राजनीतीक सहभागीता,आर्थीक सवलीकरण तथा आत्मासम्मानको लागी काम गरीरहेको छ । कार्यक्रममा दलित महिला केन्द्र नेपालको महासचीव गौरा नेपाली,शी लीड्स परीयोजना मोरंगको कार्यक्रम संयोजक निलम ढुङगाना,शी लीड्स परीयोजना सुनसरीका कार्यक्रम संयोजक राम सुन्दर मेहेता,दलीत महिला केन्द्र नेपालको अध्यक्ष लक्ष्मी परीयार लगायतको उपस्थीती रहेको थियो ।


सुप्रिया राई
प्रतिक्रिया