इटहरीमा ज्येष्ठ नागरिक सांस्कृति उत्सव श्लोक प्रतियोगिता सम्पन्न, प्रथम भए जीत बहादुर राई

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । इटहरीमा आयोजित ज्येष्ठ नागरिक सांस्कृतिक उत्सव श्लोक प्रतियोगितामा जीत बहादुर राई प्रथम भएका छन् । विजयी राई इटहरी ५ निवासी ज्येष्ठ नागरिक हुन् । उत्सबमा ७० बर्षमाथिका जेष्ठ नागरिक सहभागि इटहरी स्तरीय संगिनी, श्लोक र बीरहन प्रतियोगिता गरिएको थियो ।   लोप हुन लागेको सस्कृतिको जर्गेना गर्न बालाजी जेष्ठ नागरिक समाज इटहरी १६ ले उत्सब आयोजना गरेको हो । यस्तो रचनात्मक कार्यक्रमको सफल अगुवाइ अग्रज पत्रकार कृष्ण बिनोद लम्सालले गरेका थिए । 

खगेन्द्र कार्की
प्रतिक्रिया