साउदीको अमेरिकी नियोग नजिकै भएको गोली काण्डबाट एक नेपालीसहित दुई जनाको गयो ज्यान

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल एजेन्सी

काठमाडौं । साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै बुधबार गोली चल्दा एक नेपालीसहित दुई जनाको ज्यान गएको छ ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार गोली लागेर घाइते भएका एकजना नेपाली सुरक्षा गार्डको अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हो ।

प्रहरीले गोली चलाउने संदिग्ध व्यक्तिलाई पनि गोली हानेर ह्त्या गरेको छ ।  साउदी राज्यको समाचार एजेन्सी एसपीएले मक्का सहरका प्रहरी प्रवक्ताको बयानलाई उद्धृत गर्दै जेद्दा गभर्नरेटमा रहेको अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै कारमा सवार एक व्यक्तिले कारबाट निस्केर गोली चलाएको जनाएको छ ।

सुरक्षा बलसँगको गोली हानाहानमा उक्त व्यक्तिको तत्कालै ज्यान गएको बताइएको छ। घटनाको समयमा वाणिज्य दूतावास ताला लगाइएको थियो । आक्रमणमा कुनै अमेरिकीहरूलाई हानी भएको छैन । साउदी अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।

खगेन्द्र कार्की
प्रतिक्रिया