नेपाल तरुणदल सुनसरीले गर्यो पचरुखीमा सरसफाई कार्यक्रम

दयाराम कटेल

इटहरी ।। नेपाल तरुणदल सुनसरीको माथहतमा रहेको इटहरी वडा नम्वर ५का तरुणदलका युवाहरुले पचरुखी आसपासका क्षेत्रहरुमा सरसफाई कार्यक्रम गरेको छ ।

नियमीतरुपमा सामाजिक काम गर्दै आएका तरुण युवाहरुले घरआगन सरसफाई कार्यक्रम अन्तरगत सरसफाई कार्यक्रम गरेको हो। त्यसै गरी तरुण युवाहरुले ट्राफिक जनचेतनाको लागी ट्राफिक सिग्नलको रङरोगन पनि गरेका छन् ।
इटहरी ५ तरुणदलका अध्यक्ष सृजित तामाङको अध्यक्षतामा भएको सरसफाई कार्यक्रममा तरुणदलका सुनसरी जिल्ला सदस्य सफल राई, आकास पाण्डे लगायत तरुण युवाहरुको सहभागीता रहेको थियो ।
नेपाल तरुणदल सुनसरीले जाडो महिनामा गरीब दुखीहरुलाई न्यानो कपडा वितरण गर्ने, बाडी, कोरोना महामारी जस्ता विपदहरुमा राहत वितरण, गमी समयमा झुल वितरण लगायतका मानव सेवाको कामहरु पनि गर्दै आएको छ ।

दयाराम कटेल
प्रतिक्रिया