लोकतन्त्र र न्यायका लागी आमा समुह इटहरीद्वारा ७८ जना जेष्ठ आमाहरु सम्मानित

सुप्रिया राई

इटहरी । लोकतन्त्र र न्यायका लागी आमा समुह इटहरी २० ले ७८ जना जेष्ठ आमाहरुलाई खास्टो ओडाएर फलफुल खुवाएर सम्मान गरेको छ ।

आमाको मुख हेर्ने दिन  आमा समुहले विषेस गरी छोरा छोरी नभएका आमाहरुलाई फलफुल खिर खुवाएर सम्मान गर्र्दै आएकोमा यतिवेला भने घरमा छोरा छोरी भएका आमाहरु पनि आमाको मुख हेर्ने दिन आमा समुहले कार्यक्रम गर्छन भनेर वानिपरीसकेको हुनाले आफै विहान ६ वजे नै आउने गरेको समुहको संस्थापक अध्यक्ष कमला खड्काले जानकारी गराइन् ।

 समुहले देउसी भैली खेलेर आमाको मुख हेर्ने दिन कार्यक्रम गर्ने रक्तदान,तिज कार्यक्रम गर्दै आएकोमा यसपाली भने युकेमा वस्दै आएका टेक वहादुर वानिया र सर्मिला वानियाले स्वर्गीय हजुरवुवा नैवहादुर वानिया र स्वर्गीय हजुरआमाहरु(ंंंंंंं

 भुमेस्वरा वानिया,छलीमाया वानिया साथै स्र्गीय आमा विष्णु माया वानियाको नाममा कार्यक्रम गर्नको लागी ५०हजार रुपैया सहयोग गरेको समेत संस्थापक अध्यक्ष खड्काले जानकारी गराईन ।

लोकतन्त्र र न्यायको लागी आमा समुहको अध्यक्ष गीता राईको सभापतित्व तथा इटहरी वडा नं. २० का वडा अध्यक्ष मणिराम श्रेष्ठको  प्रमुख आतित्थ्यतामा भएको सो कार्यक्रममा ७८ जना जेष्ठ आमाहरुलाई खास्टो ओडाएर फलफुल खुवाएर सम्मान गरेको हो त्यसै गरी संस्थापक अध्यक्ष कमला खड्कालाई पनि समुहका प्रतिनिधीहरुले सम्मान गरेका थिए ।

सुप्रिया राई
प्रतिक्रिया