कोशी प्रदेशमा मन्त्रिपरिषद विस्तार

फाष्ट मिडिया नेपाल संवाददाता

सिल्भिया श्रेष्ठ, सुनसरी।। काेशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद विस्तार गरेका छन्न।

वैशाख २७ गते मुख्यमन्त्री भएका उनले मन्त्रिपरिषद विस्तार गरेर १० सदस्यीय बनाएका हुन् । मुख्यमन्त्री कार्कीले थप ५ मन्त्री र २ राज्यमन्त्रीसहित मन्त्रिपरिषद विस्तार गरेकाहुन् । मन्त्रीहरुले पाउने मन्त्रालयकाे पनि टुंगाे लागेकाे छ ।

यसअघि उनले २ जनालाई बिनाविभागीग मन्त्री नियुक्त गरेका थिए । यसअघि एमालेबाट रामबहादुर रानामगर र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री बनाएका थिए ।

रानामगरलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र उप्रेतीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ ।नवनियुक्त मन्त्रीमध्ये एमालेका लीलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय , एकराज कार्कीलाई खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालय,पाँचकर्ण राईलाई सामाजिक विकास मन्त्रालय तथा माओवादीका राजेन्द्र कार्कीलाई स्वास्थ्य मन्त्रालय एवं नारायण बुर्जा मगरलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री आफैंले राखेका छन् ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया