फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता
इटहरी । महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सहायता सामाजिक संस्था नेपालले ११३ औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा परिचय आदानप्रदान कार्यक्रम आयोजना
महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सहायता सामाजिक संस्था नेपालले ११३ औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा परिचय आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । आज सुन्दरहरैचा ७ स्थित गोठगाउमा, संस्थाले सो कार्यक्रम आयोजना गरेको हो । संस्थाकि अध्यक्ष सर्मिला आचार्यको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथीमा नोबेल मेडिकल कलेज, विराटनगरमा कार्यरत प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. सीता घिमिरे रहेकी थिइन् । घिमिरे सहयता सामाजिक संस्थाकी सल्लाहकार समेत हुन् । संस्थामा आवद्ध एक सय बढी महिलाहरु सहभागी कार्यक्रममा समाज विकासमा महिलाले खेलेको भुमिका बारे चर्चा गरिएको थियो । कार्यक्रममा बोल्दै संस्थाकि उपाध्यक्ष तुलसा आचार्यले न्यायका लागि विश्वका आमाहरुले लडेर पुर्याएको योगदान आजको समाजले बिर्सिन नहुने धारणा राखेकी थिइन् । महिलाले चुलो चौकामा मात्र सिमित नभै समाज विकासमा हस्तक्षेपकारी भुमिका खेल्नुपर्ने उनको भनाई थियो ।
यस्तै राज्यले महिला सहभागीता सुनिश्चित गरेपनी ग्रामीण भेगका महिला दिदिबहिनीहरुको पहुँचमा राज्य नपुगेकोले महिला आन्दोलनको सान्दर्भिकता अझै पनि बाकी रहेको आसा नेपालका अध्यक्ष चिरञ्जीवी कोइरालाको भनाई थियो ।
स्थापनाको छोटो अवधिमा नै सस्थाले संचालन गरेका विभिन्न तालिमहरुले महिला सशक्तीकरणमा प्रत्यक्ष प्रभाव पारेको बारे कार्यक्रममा छल्फल गरिएको थियो । कार्यक्रमकै अवसरमा संस्थाका सदस्यलाई परिचयपत्र समेत वितरण गरिएको थियो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो