पतञ्जली योग इटहरीले राष्ट्रिय योग दिवसको अवसरमा गर्यो चिया वितरण

दयाराम कटेल

सुनसरी । राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग इटहरी उपमहानगर समितिले इटहरीमा अमृत चिया वितरण गरेको छ ।

जाडोमा तापक्रम वढाउने, उर्जा दिने अमृत चिया गुर्जो, पिप्ला, असोकगन्ध, मरिच लगायत विभिन्न जडीवुटी मिश्रीत गरेर तयार पारिएको समितिका अध्यक्ष उर्मीला कटुवालले जानकारी दिएकी छन् ।


राष्ट्रिय योग दिवसको अवसरमा सहभागीहरुले राधाकृष्ण मन्दिर देखी इटहरी वजार परिक्रमा गरी नगरपालिका अगाडी होम यज्ञ गरी विभीन्न योगकलाहरु प्रस्तुत गर्दै तिलको लड्डु, अमृत चिया वितरण गरी दिवस समापन गरेको थियो ।


घरघरमा योग, जनजनमा योग फैल्याउने प्रयासले योग समिति इटहरीले इटहरीमा वेला वेला नि:शुल्क स्वास्थ्य परीक्षण, योग शिविर गराउदै आएको छ ।  

दैनिक योग गर्नाले ग्याष्टीक, ढाड, नसा दुख्ने लगायतको विभिन्न रोगहरुको समाधान हुने कार्यक्रममा सहभागीहरुको भनाइ रहेको छ ।

दयाराम कटेल
प्रतिक्रिया