फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । बिहीबार मात्रै नेपाली कांग्रेस परित्याग गर्नुभएका अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ–१ बाट उम्मेदवार बनाउने तयारी गरेपछि राजनीति बृद्धमा खैलाबैला मच्चिएको छ । अर्थशास्त्र र विकाससम्बन्धी विषयका जानकार स्पष्ट वक्ता वाग्लेले ३० वर्षदेखि परोक्ष एवं १० वर्षयता प्रत्यक्ष रूपमा संलग्न रहेको पार्टी नेपाली कांग्रेस परित्याग गरेपछि कांग्रेसभित्र पनि खैलाबैला मच्चिाएको छ । आजै सरकारमा सहभागिता तथा उपनिर्वाचन उम्मेदवारका सन्दर्भमा कांग्रेसभित्र असन्तुष्टि बढेपछि भोलि आइतबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आसन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ–१ बाट उम्मेदवार बन्ने उनको पछिल्लो घोषणाले नेपाली राजनीतिमा तरंग पैदा गरेको हो । नेपाली कांग्रेससँग तीनपुस्ते लामो सम्बन्ध रहेको बताउने र सोही दलको सिफारिसमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत भइसकेका वाग्लेले कांग्रेसभित्रका असन्तुष्टहरुका लागि राष्ट्रिय स्वतन्त्र पार्टी विकल्पको रुपमा रहेको बताएका छन् ।
वाग्लेले एक मिडियालाई अन्तर्वार्तामा आफ्नो निर्णय अकस्मात् गरिएको निर्णय नभएको बताएका छन् । उनले नेपाली कांग्रेसबाटै म सार्वजनिक जीवनमा सक्रिय हुन्छु भनेर १० वर्षअगाडि सन् २०१४ मा नेपाल फर्किएको बताएका छन् । वाग्लेले अगाडि भने–त्यतिबेला म राष्ट्रिय योजना आयोगको सदस्यका रूपमा भित्रिएँ । पछि उपाध्यक्षसम्म भएँ । त्यसपछि पनि नेपाल सरकार र त्यसभन्दा बाहिर विभिन्न फोरम र संस्थाहरूमा ६र७ वर्ष मैले सक्रिय रूपमा काम गरें । मेरो एउटा अपेक्षा के थियो भने ‘विगत १० वर्षदेखि म सक्रिय छु, एक कार्यकाल मैले नीति निर्माणको तहमा काम गरें, अर्को पटक चाहिँ नेपाली कांग्रेसबाट चुनाव नै लड्ने’ भन्ने खालको मनस्थिति थियो । राष्ट्रिय योजना आयोगमा मेरो पोजिसन नेपाली कांग्रेसकै राजनीतिक नियुक्तिबाट भएको थियो । निर्वाचन पनि त्यतैबाट लड्ने अपेक्षा थियो । तर पछिल्लो चरणमा नेपाली कांग्रेसबाट आधिकारिक उम्मेदवार बन्ने अवसरबाट म वञ्चित भएपछि विभिन्न अन्य राजनीतिक दलहरूले मलाई अन्तिम घडीमा अफर गरेका थिए । त्यतिबेला म रोकिएँ । २०२७÷२८ सालदेखि मेरा पिताजीहरूको कांग्रेसमा संलग्नता, ४२ सालको सत्याग्रहको सम्झना र ४६ सालको आन्दोलनमा म आफैं संलग्न भएको हुनाले मैले धैर्य गर्नुपर्छ भन्ठानें । विगत ३० वर्षदेखिको परोक्ष र विगत १० वर्षदेखि कांग्रेससँगको मेरो प्रत्यक्ष संलग्नताका कारण नेपाली कांग्रेसबाटै मैले सक्रिय हुने सोचेको पनि बताएका छन् । स्रोत कान्तिपुर अनलाईन
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो