मेष – पराक्रम बढ्नेछ । भाग्योन्नतिको समय छ । आजको दिन आर्थिक उपार्जनको कोणबाट फलदायक रहला । परिश्रम गरेअनुसार परिणाम राम्रै मिल्ने योग भएकोले कर्ममा जोड दिनु हितकर होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ सम्भावना देखापर्ने छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
वृष – आजको दिन दिन सुखद् तथा मनोरञ्जनपूर्ण रहला । व्यावसायिक यात्राको पनि सम्भावना छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । आम्दानी निकै बढ्ला । प्रेमको बन्धन कसिने बेला छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । आशा उत्साह थपिनेछ । मिठो भोजन खान पाउनुहुनेछ । रसरागमा आकर्षित हुनुहुनेछ । मान प्राप्ति हुनेछ ।
मिथुन – आरोग्य वृद्धि हुनेछ । आज परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढे पनि पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । विगतका कमजोरीलाई सुधार गर्न चाहेमा आजको समय उचित रहला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । सन्तानबाट सुख प्राप्त हुनेछ । आरोग्य वृद्धि हुनेछ । प्रयासरत काम बन्नेछ ।
कर्कट – प्रतिस्पर्धाबाट लाभ मिल्ने समय छ । बोलीको भरमा काम सम्पादन हुनेछ भने मान–सम्मान बढ्ला । स्वास्थ्य सबल रहनेछ । व्यापारमा भने कम मात्र फाइदा होला । लगानी वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
सिंह – धेरै श्रमपछि कममात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न विशेष कोशिस गर्नुहोला । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । पराक्रम वृद्धि हुनेछ । शत्रु परास्त होलान् । यात्रामा सफलता प्राप्त हुनेछ । खेलकुद र भ्रमण आदिमा आकर्षण बढ्नेछ ।
कन्या – प्रयासरत काममा सफलता प्राप्त हुने समय छ । साझेदारीको काम बन्नेछ । आज कामको दायित्व बढ्नेछ । परिवारजनको भरण-पोषणमा खर्च होला । उत्साहमा कमी आउने योग भएकोले धैर्यशाली रहनु हितकर होला । आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । तथापि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
तुला – शुभता र भाग्यबल बढ्नेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
वृश्चिक – राम्रै फाइदाको योग छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट धनलाभ हुने योग छ । प्रतिस्पर्धा वा मुद्दा-मामिलामा विजयी भइनेछ । भागदौड वृद्धि होला । जोखिम बढ्नेछ तर कर्ममा सफल साबित हुनुहुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।
धनु – दिन उत्साहपूर्ण रहला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा मिल्ला कमाउने बेला छ । सुखद समाचार सुन्न पाइनेछ । दाम्पत्य सुख बढ्नेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनु हुनेछ ।
मकर – समय त्यत्ति शुभदायी नरहला । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । मिथ्या भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । तथापि पारिवारिक जमघटमा मन रमाउनेछ । रसराग प्रेममा सफलता मिल्नेछ ।
कुम्भ – अध्ययन-अध्यापनमा कमजोरी र लेनदेनमा विवाद हुने समय हुनाले विशेष सावधान रहनु हितकर हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । दाम्पत्य जीवन सुखद रहला । सवारी साधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनुपर्ला । देखापरेको समस्याको समाधान मिल्नेछ । मीठो भोजन प्राप्त हुनेछ रहनुहुनेछ ।
मीन – ब्यस्तता बढ्नेछ । रसरागमा आकर्षण रहला । नयाँ काममा हात हाल्ने समय छ । रोकिएका काम बन्नेछन् । आर्थिक अभावले भने अलिक सताउन सक्छ । परिवारजनको सहयोग प्राप्त होला । समस्याको समाधान प्राप्त हुनेछ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो