बजारमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित कार्यालयबाटै ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको छ ।
डिलरमा ग्यास नपाइएको भन्दै उपभोक्ताहरूले गुनासो गरेपछि निगमले काठमाडौंको टेकुस्थित कार्यालय परिसरमा काउन्टर राखेर ग्यास बिक्री वितरण शुरू गरेको हो ।
००००
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत आर्थिक वर्षको तुलनामा यस आवमा करिब एक लाख मेट्रिक टन मल कम आयात गर्ने भएको छ । अन्तरराष्ट्रिय बजारमा मलको मूल्य वृद्धि भएकाले आयातमा कमी हुने भएको हो ।
सरकारले मलका लागि अनुदानस्वरूप विनियोजन गरेको रु २८ अर्ब ८२ करोडको बजेटबाट पाँच लाख ५० हजार टन मल आयात गर्ने लक्ष्य राखेको थियो । अन्तरराष्ट्रिय मूल्य बृद्धि भएपछि विनियोजित बजेट ८४ हजार टन रासायनिक मल आयातका कमी हुने मन्त्रालयले जनाएको छ ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
प्रेस मञ्च नेपाल सप्तरीले बुधबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई तिहाईको सरकारको दम्भले राजनीतिक अस्थिरता उत्पन्न गरी देशलाई द्वन्द्वमा फसाएको आरोप लगाए।
००००
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प नभएको बताएका छन् ।
बागलुङमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै देश मुलुक अप्ठ्यारो अवस्थामा रहेको हुँदा यसको निकास निर्वाचनले मात्रै दिने बताए । केही दलहरुले संसद् पुनःस्थापना र सर्वदलीय सरकार गठनका मुद्दा उठाए पनि नेकपाले त्यतापट्टि ध्यान नदिएको संयोजक दाहालले बताए ।
००००
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले देशको नेतृत्व गर्न योग्य हुनलाई मधेशबाट चुनाव लड्न लागेको बताएका छन् ।
उनले आफू शहरमा जन्मेको, पहाड बुझेको तर मधेशलाई राम्ररी बुझ्न बाँकी भएकाले यसपटक सर्लाही–४ बाट चुनाव लडेको बताए ।
००००
राहदानी विभागले राहदानी बनाउन आउने सेवाग्राहीलाई लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्त गर्दै सेवालाई थप चुस्त बनाउन नयाँ व्यवस्था लागू गरेको छ ।
विभागले जारी गरेको सूचना अनुसार अनलाइन फाराम भर्दा आफूले छनोट गरेको निर्धारित समयमा ९अपोइन्टमेन्ट टाइममा० आउने सेवाग्राहीको आवेदन दिने कार्य अब एक घण्टाभित्रै सम्पन्न गरिनेछ ।
००००
नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा सञ्चालित पृतनापति समन्वयात्मक बैठक९२०८२ बुधबार सम्पन्न भएको छ।
बैठकको समापन समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापति अशोक राज सिग्देलले पृतना स्तरमा भएका प्रभावकारी कार्यहरूका लागि पृतनापतिहरूलाई धन्यवाद दिए । उनले सकलदर्जाको सामूहिक भावना र एकढिक्कापनलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए ।
००००
आफूलाई एक्स्ट्रिमिस्ट ग्रुप या नेपाल इजीएनको अध्यक्ष बताइ आफ्नो इमेल आईडीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित १० जनालाई ज्यान मार्नेसम्मको धम्की दिने व्यक्तिमाथि बुधबार ६ वटा मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले धम्की दिने काभ्रेपलान्चोक, तेमाल गाउँपालिका– १ घर भई हाल फिलिपिन्स बस्दै आएका ३४ वर्षीय प्रकाश पाठकलाई इन्टरपोलमार्फत पक्राउ गरी नेपाल ल्याइएको जानकारी दिए ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन ६ गते कैलालीको धनगढीमा चुनावी सभा गर्ने भएको छ । पशुपति टोलस्थित महोत्सव स्थलमा हुने सभालाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने छन् ।
रास्वपाले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन लक्षित चुनावी सभा गर्न लागेको हो ।
००००
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । बुधबार नेप्से परिसूचक शून्य दशमलव ०४ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ०९ को बिन्दुमा कायम भएको हो ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभएर यो राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्राप्त जिम्मेवारी पूरा गरी सुशासन कायम गर्नेतर्फ आयोगको ध्यान जानुपर्ने बताएका हुन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो