इटहरी । इटहरी तिन पुराणचोक स्वास्थ्य चौकीमा आज भएको निशुल्क आखा शिवीर कार्यक्रममा एक सय सटतीस जनाले सेवा लिएका छन् ।
महिला बचत तथा ऋण सहकारी संस्था लि।को आयोजनामा तथा नवदृष्टी आखा अस्पताल इटहरीको प्राविधीक सहयोगमा भएको उक्त शिवीरमा सरस्वती मा।वी।का विधार्थीहरु,स्थानिय बृद्ध,बृद्धाहरुले सेवा लिएका थिए जस मध्ये एघार जनालाई मोतीविन्दु लागेको र उनीहरुलाई अस्पतालले निशुल्क अप्रेसन गरी दिने संस्थाका सदस्य सन्तोस कार्कीले जानकारी गराए ।
महिला वचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य,सरसफाई,जनचेतनामुलक,वातावरण सम्वन्धी,कृषी सम्वन्धी आफ्नो सेवाकेन्द्रहरु भएको स्थानमा गएर सदस्यहरुलाई कस्तो प्रकारको सेवा सुविधादिनु पर्ने पहिचान गरी सोही अनुसारको कार्यक्रमहरु गर्दै आएको र आज सोेही अनुसार आखा शिवीर गरीएको संस्थाको सचिव पदमा पन्धाकले जानकारी गराइन ।
फाष्ट मिडिया नेपाल संवाददाता
२९ मङ्सिर २०८०, शुक्रबार ०७:३२ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो