फाष्ट मिडिया नेपाल संवाददाता
इटहरी । स्वागत टोल विकास संस्थाको १८औं स्थापना दिवसको अवसरमा पत्रकारिताका माध्यमबाट समाजमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सञ्चारकर्मी राजन केडी, रन्जना पौडेल, प्रकाश तिमसिनालाई जनही १५ हजार राशीसहितले सम्मान गरेको छ । सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले जनही १५हजार १रुपौया सहित प्रमाण पत्रले सम्मान गरेका थिए ।
सञ्चारकर्मी दुर्गाबहादुर विष्टले स्थापना गरेको पदम पवित्रा अक्षयकोष स्थापना गरेर विभिन्न क्षेत्रमा योगदान गर्नेलाई टोल विकास मार्फत पुरस्कृत गर्दै आएको छ ।
पत्रकारिता पुरस्कारका साथै मातापितालाई राम्रो स्याहार गर्ने मोहन प्रसाद गुरागाई , श्रीमती कमला गुरागाई र जमुना खुलाललाई नगद १० हजार ५ रुपैया सहित प्रमाण पत्रले सम्मान गरियो । त्यसै गरी स्वागत टोल विकास संस्थाले उत्कृष्ट नजिता ल्याएर एसईई गर्ने टोल विकासका सदस्यका सन्तती, दलित प्रोत्साहन , उत्कृष्ट खेलाडी , उत्कृष्ट सञ्चालक , अपागं सम्मान लगायतका सम्मान गर्दै आएको छ । यस वर्ष आफनै टोलकी वासिन्दा मिना श्रेष्ठ प्रदेश सभा सदस्य बन्न सफल भएकाले उनलाई समेत सम्मान गरियो । कार्यक्रममा अध्यक्ष भद् थापा मगरले बार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन कोषाध्यक्ष कमला पोखरेलले प्रस्तुत गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथी नगरप्रमुख पौडेलले टोल विकासहरुको सक्रियताले विकास निर्माणका काममा स्थानीय सरकारलाई घच्घचाउने काम हुदै आएको भन्दै टोल विकासलाई स्थानीय सरकारले विकास निर्माणका काममा जोडेर सहयोग गर्ने समेत वताए ।
चण्डिका निरौलाको संयोजकत्वमा स्वागत टोल विकासको १८औ स्थापना दिवस मनाइएको हो । स्वागत टोल विकास संस्था आफनै भवनमा रहेको आफनो टोल को विकासका लागि विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ । कार्यक्रममा नागरिक समाज इटहरीकी अध्यक्ष बालिका खड्का , जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगाप्रसाद दाहाल , छिमेकी टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो