२ वर्ष अनवरत रुपमा भोजपुरको अरुण गाउँपालिकामा कार्यरत कार्यकारी प्रमुखको बिदाई

फाष्ट मिडिया नेपाल संवाददाता

प्याउली । भोजपुरको अरुण गाउँपालिकामा २०७८साल पौष ५ गतेदेखी २०८०साल मंसिर २९ गते सम्म अनवरत रुपमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत सूर्य बहादुर भण्डारीलाई गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री, उपाध्यक्ष विनिता ढकाल, वडाअध्यक्ष, जनप्रतिनिधिहरुले बिदाई गरेका छन् । प्राप्त जानकारी अनुसार अब भण्डारी धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकामा कार्यरत रहने बुझिएको छ । भोजपुरको अरुण गाउँपालिकालाई निकै बुझेका भण्डारीलाई एक कार्यक्रमबीच शुक्रबार योगदानको उच्च मुल्याङकन गर्दै गाउँपालिकाको तर्फबाट मायाको चिनो र प्रशंसा पत्रद्धारा सम्मान गर्दै बिदाई गरिएको हो । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया