बालबालिकालाई अक्षरम्भसहित सरस्वतीको पुजाआराधना गरी देशभर श्रीपञ्चमी मनाइँदै

फाष्ट मिडिया नेपाल संवाददाता

आज देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाआराधना तथा नानीबाबुहरुलाई अक्षरम्भ गरी  श्रीपञ्चमी (बसन्त पञ्चमी) पञ्चमी मनाइँदैछ ।

विद्याकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ(आफ्ना कला(साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा(आराधना गरी मनाउने गरिन्छ । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक(कान छेड्न पनि शुभ मानिन्छ ।

काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गरेको छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया