नेकपा एमाले सुनसरीको आठौ जिल्ला अधिवेसन जेठ ५ गते

सुप्रिया राई

इटहरी । नेकपा एमाले सुनसरीको आठौ जिल्ला अधिवेसन जेठ ५ गते इटहरीको लायन्स भवनमा हुने भएको छ । 

 पुर्व उप्रधानमन्त्री इस्वर पोखरेलको प्रमुख आतित्थ्यतामा इटहरीको लायन्स भवनमा जेठ ५,६ र ७ गते आठौ जिल्ला अधिवेसन हुने आज इटहरीमा पत्रकार सम्मेलन गरी जानकाकारी गराइएको हो  ,

      अधिवेसनको लागी ६९५ जना प्रतिनिधीहरु छनौट गरीसकेको साथै प्रतिनिधी चयनमा महिला,जनजाती,दलित र अन्य समुदायको उचित प्रतिनिधीत्व गराउदै समावेसी सहभागीतामा हुने र अधिवेसनको तयारी तिव्ररुपमा भइरहेको जानकारी गराउदै अधिवेसनको लोगो पत्रकार सम्मेलनमा सार्वजनिक गरीएको छ ।

 अधिवेसन सम्पन्न गर्नको लागी नेकपा एमाले सुनसरी जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीको अध्यक्षतामा रहने साथै अधिवेसनले १३५ सदस्यीय नयाँ कमीटी निर्वाचन गरीने पत्रकार सम्मेलनमा नेकपा एमाले जिल्ला कमीटी सुनसरी उपाध्यक्ष निलम खनालले जानकारी गराए ।

सुप्रिया राई
प्रतिक्रिया