रास्वपा सुनसरीमा दाहाल, झापामा भण्डारी निर्वाचित

खगेन्द्र कार्की


इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीको सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित भएका छन्। 

शनिबार भएको जिल्ला अधिवेशनबाट भएको निर्वाचनको मत परिणाम राति अबेर सार्वजनिक भए अनुसार दाहालले १४२ मत ल्याएर विजयी भएका हुन्। दाहाल यसअघि पनि तदर्थ समितिका संयोजक थिए।

सभापतिका प्रतिस्पर्धी अन्य उम्मेदवार कृष्ण रौनियारले ७४, मोहन निरौलाले ६२ र चक्र विष्टले १० मत प्राप्त गरेका छन्। यस्तै, उपसभापतिमा राजेशमान श्रेष्ठ १९७ मत ल्याएर विजयी भएका छन्। उपसभापतिकी उम्मेदवार देविका भण्डारीले ७४ मत ल्याइन्।

निर्वाचनबाट सचिवमा राजारामकुमार मेहता सर्वसम्मत चयन भएका छन्। सहसचिवमा पनि योगेन्द्र गिरी सर्वसम्मत चयन भएका छन्। अधिवेशनबाट लक्ष्मी सुवेदी, राजकुमारी मेहता, रेणुका हरिजन, धरमबीर आर्य र गोकुल थापा निर्वाचित भएका छन्।

अधिवेशनका क्रममा शनिबार साँझ र विवादसँगै हातहालाहालका बीच पार्टी नेतृत्वको हस्तक्षेपपछि निर्वाचन भएको थियो।

यसैगरी रास्वपा झापामा  मेचीनगरका ओमनाथ भण्डारी निर्वाचित भएका छन् ।


केहीबेर अघि सम्पन्न मतगणनामा ३४१ मत ल्याउँदै भण्डारी निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धीहरु लक्ष्मण बस्नेतले २४७ र अर्जुनकुमार मैनालीले २५ मत हासिल गरेका छन् । सभापति पदका लागि तीनजनाले उम्मेदवारी दिएका थिए । त्यस्तै उपसभापतिमा पुष्पलाल ढकाल निर्वाचित भएका छन् । २१० मत ल्याउँदै ढकाल निर्वाचित हुँदा उनका प्रतिष्पर्धीहरु शान्ता तामाङले १९८ , लिला खड्काले १११ र देव संग्रौलाले ९३मत पाएका छन् ।


खगेन्द्र कार्की
प्रतिक्रिया