फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स
इटहरी । मोरङको लेटाङमा गाडी दुर्घटना हुँदा दुई जनाको निधन भएको छ । एक जना गम्भीर घाइते भएका छन् । लेटाङ नगरपालिका(७ भिरिङखामा बुधबार साँझ भीरबाट जीप दुर्घटना हुँदा चालकसहित २ जनाको निधन भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइतेको धरानमा उपचार भइरहेको छ । भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १–०२–००१ ज ३९५३ नम्बरको जीप दुर्घटना भएको प्रहरीले बताएको छ ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार दुर्घटनामा चालक मोरङको पथरीशनिश्चरे नगरपालिका घर भएका ३० वर्षीय मनोज दियाली र जीपमा सवार लेटाङ– ३ का ७४ वर्षीय जीवन श्रेष्ठको निधन भएको हो । गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राति ९ बजेतिर निधन भएको हो । दुर्घटनामा गम्भीर घाइते लेटाङ– ६ का ५५ वर्षीय रुद्र लम्सालको उपचार भइरहेको छ । गाडी सडकबाट अन्दाजी २ सय मिटर तल खसेको प्रहरीले बताएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो