फाष्ट मिडिया नेपाल संवाददाता
सुनसरी । सुनसरीको बर्जु गाउँपालिका वडा नं. ५ को झण्डै ३ विगाहा जग्गा त्यहाँ सञ्चालित सुगर मिलले कम्पाउण्डिङ गरेको आरोप लागेको छ ।
रामगन्ज बेलगाछी हुँदै देवानगन्ज पुग्ने बाटोबाट उत्तर तर्फ जाने पुरानो बाटोको निकास हुँदै इस्टर्न सुगर मिल छुने ऐलानी जग्गा बाटो सहित झन्डै तीन बिग्घा जग्गा कब्जा गरेर सुगरमिलले कम्पाउन्ड घेरेको आरोपसहित विरोध सुरु भएको छ । उक्त सुगरमिलको जग्गा सम्बन्धी कुरा लिएर जो गए पनि त्यो मालामाल हुँदै आएको र यस अगाडिका बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरी घरै बनाएको आरोप माओबादी सेनाका स्थानिय लडाकु जगरनाथ मेहताको रहेको छ । यस विषयमा चौधरीसँग सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन सकेन । यस विषयमा माओवादीकै कतिपय नेताहरु पनि बिकेको उनको आरोप छ ।
ठाकुर सिन्ह नाम गरेको सुगरमिलको जिएमले राजनितिक दलका केन्द्र देखि स्थानिय अगुवालाइ बिटाको बिटा पैसा थमाएर सरकारी जग्गा हडप्ने गरेको मेहता बताउँछन् । गोल्छा ग्रुपले २०५४ सालमा खोलेको उक्त सुगर मिलले आफ्नो नम्बरी बाहेक ऐलानी पर्ती ,खोल्साखोल्सी र नाली खोलाको सार्बाजानिक बाटो सहित मिचेर कब्जा जमाइ गाउले किसान र बिरोध गर्नेलाई कसैलाइ फकाउने र कसैलाइ धम्क्याउने गरेको छ। जगरनाथ मेहताका अनुसार मिलले बैधानिक रुपमा चर्चेको बाहेक फाल्तु जमिन कब्जा गरेको पुलिस प्रशासन र नेताहरु सबैलाइ थाहा छ। पुलिसलाई घुस खुवाएर सुरक्षाको नाममा आफ्नो वरिपरि राख्ने र सार्बाजानिक जग्गा मिचेर आयाअर्जन बढाउने धन्दा गरेको उनको आरोप छ । जनता हिड्ने पुरानो बाटो मिचेर कम्पाउन्ड वाल घेर्ने गोल्छा ग्रुप नेपालको नामि घराना र रास्ट्रीय पद र प्रतिस्ठा लिने गर्द्छ।जग्गा मिच्ने सुनसरि मोरङ्ग क्षेत्रका धेरै कलकारखानाहरु बारे आयोग बनाएर खोजी गर्नु पर्नेमा कग्रेस,एमाले,माओबादी,राजाबादी सबै मिलेर पुजिपतिको पैसा खादै सरकारी जग्ग्गामाथी लुट मच्चाउन दिएको जगरनाथको भनाइ छ।अमडुवाको मोरङ कृषि फर्म नामले ओगटिएको मोरङ सुगर मिलले पनि दशौ बिग्घा भन्दा क्यादा जग्गा कब्जा गरेको छ।कब्जा गरेको ऐलानी जग्गामा कामदार मजदुरलाइ छाप्रा बनाएर राखेका छ्न।नियन्त्रीत ती ब्यक्तिहरु नेपाली होइनन।नेपाली भुमी कब्जा गरेर उखु खेतीको नाममा अर्कै अर्कै धन्दा हुन्छ।देवानगन्जको गाउँ पालिका भवन तर्फ बाटो र पुरानो बजार मिची पुजिवालाले कब्जा जमाएका छ्न।दलमा अघि देखिएका पार्टी नेताहरु चन्दाको नाममा फाइदा लिने गरेका छ्न।बर्जुका पुराना अध्यक्ष शत्रुधन चौधरिले अमडुवाको ऐलानी जग्गा मिचाहा कम्पनि मालिक बाट फाइदा खाएर बिराटनगरमा बिल्डिङ ठड्याएका छ्न।इस्ट्रन सुगर मिलले एमाले, काङ्रेस, माओबादी, राजाबादी सबै पालेको छ। जग्गा मिचेर उत्पात गर्ने बिरुद्द जनता जाग्नु पर्ने मेहताको भनाइ छ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो