इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आयोजनामा तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको समन्वयमा ब्यापार सुचना पोर्टल एवं इस्यु सम्वन्धी चेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्ष जिवन पराजुलीको सभापतित्वमा भएको सो कार्यक्रममा आफ्नो उद्योगवाट उत्पादन भएको सामान अन्तर्राष्ट्रिय वजारमा निकासी गर्दा के के कुरामा ध्यान दिनु पर्छ भन्ने विषयमा निकासी प्रर्वदन केन्द्रका विज्ञ कृष्ण वजगाईले सहजीकरण गरेको थिए ।
समान निकासी गर्दा भन्सारमा हुने समस्याहरुको समाधान कसरी गर्ने के के कुरामा ध्यान दिदा उधोगीहरुलाई सजीलो हुन्छ भन्ने विषयमा गरीएको एक दिने चेतना मुलक कार्यक्रममा सुनसरी भरीका र मोरंगका उधोगी ब्यापारीहरुको सहभागीता रहेको थियो ।
सुप्रिया राई
२ कार्तिक २०८०, बिहिबार ११:०३ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो