इटहरीमा जलबायु परिवर्तन र विश्वमा भईरहेको न्युनिकरणको अभ्यासका विषयमा गोष्ठी सुरु

खगेन्द्र कार्की

फामिने संवाददाता

झापा । सुनसरीको इटहरी –६ स्थित होटल इन्टुरिस्ट प्यालेसमा आज बाट प्रदेश स्तरीय मोडेल युनाइटेड नेसनको तीन दिने कार्यक्रम सुरु भएको छ। युथ थिङ्कर सोसाइटी र सयुक्त राष्ट्रसंघ अमेरिकाको सहकार्यमा प्रदेश एकको इटहरीमा मोडेल युनाइटेड नेसनको  पहिलो दिनको कार्यक्रम आज बाट सुरु भएको हो। 

कार्यक्रममा केन्द्रीय सांसद भीम आचार्य तथा प्रदेश एक सांसद राम प्रसाद मेहताको प्रमुख आतिथ्यता रहेको थियो भने  विश्व आदर्श कलेजका प्रधानध्यापक गणेश कुमार दुलाल साथै इटहरी नमूना कलेजका वि यस डब्यु ९ द्यक्ध्० डिपार्टमेन्ट हेड नितेश गौतम लगायतको अतिथि रहेको थियो। 

उक्त कार्यक्रममा करिब ६० जना सहभागी थिए। सम्पूर्ण सहभागीलाई विभिन्न देशको प्रतिनिधित्व गराउँदै संयुक्त राष्ट्रिय संघको सभा खडा गरिएको थियो। उक्त सभामा जलवायु परिवर्तन लगायत जलवायु परिवर्तनलाई विभिन्न  देशहरुले कसरी न्यूनीकरण गरिरहेको छ विषयमा विभिन्न डेलिगेट्सहरुले प्रस्तुत गर्दै अन्तराष्ट्रिय स्तरको छलफल गरिएको थियो। 

कार्यक्रममा बोल्दै केन्द्रीय सांसद भीम आचार्यले देशलाई रिप्रिजेन्टेटीभ हुने गरी लिडरशिप लिने र देश लाई जोगाउने हिसाबले स्वतन्त्र ढङ्ग बाट प्रस्तुत हुन सम्पूर्णलाई आग्रह गरेका छन्। 

 जलवायु परिवर्तनलाई रोक्न विभिन्न किसिमका योजनाहरु अनुसन्धानका आधारमा पाउने भएकाले यस्ता किसिमका अन्तराष्ट्रिय स्तरका छलफलका अभियास महत्त्वपूर्ण रहने गर्दछ। सो कार्यक्रम १५ र १६ गते गरी अब दुई दिन चल्ने छ।

खगेन्द्र कार्की
प्रतिक्रिया