अरुण तेस्रो जलविद्युत आयोजनाको सामान पु¥याएर फर्किएको सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी । अरुण तेस्रो जलविद्युत आयोजनाको सामान पु¥याएर फर्किएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । पाइलटसँगै ४ जना यात्रु रहेको सो हेलिकप्टर संखुवासभामा दुर्घटना भएको हो । दिउँसो १ः१८ बजे दुर्घटनामा परेको सो हेलिकप्टरका चालक भने सकुशल रहेको बताइएको छ । 

दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलट सुरेन्द्र पौडेल र ३ यात्रु सकुशल रहे पनि एकजना गम्भीर घाइते भएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । भोटखोला गाउँपालिकाकी उपाध्यक्ष सहाना लामाले रातो रंगको हेलिकप्टर झरेको आफूहरूले प्रत्यक्ष देखेको बताइन् । घटनास्थलमा नेपाली सेनाको उद्धार टोली पुगिसकेको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया