काजल मेहता, सुनसरी।। सुनसरी जिल्लाको बर्जु गाउँपालिकामा रहेको प्राकृतिक ताल, बोटबिरुवा र रुखहरुले सजिएको रमणीय ताल बर्जु ताल हो। कोशी प्रदेशको राजधानी सहर विराटनगरबाट १० कि. मि पश्चिममा रहेको ताल धेरै प्रजातीका चरा चुरुङ्गी र जनावरहरुको बास स्थान रहेको छ। बर्जु ताल भारत सिमानाको लीक उत्तरमा १ सया ५२ बिघा क्षेत्रफलमा रहेको छ। यस तौललाई बर्जु ताल एवम् चिमडी ताल पनि भनिन्छ ।
यो मनमोहक ताल स्थानीयहरुका लागि लोकप्रिय पर्यटकीय स्थल भएको र यहाँ धेरै संख्यामा आगन्तुकहरु मुख्यतया शनिबारका दिन आउने गरेको स्थानीय द्रोपती देवी थारुले बताएकी छन् ।
बर्जु तालको इतिहास र अस्तित्व द्वापरयुगको महाभारत कालदेखि नै रहेको स्थानीय र प्रशासनिक अधिकारीहरु बताउँछन् । यस क्षेत्रको विस्तारका निम्ती कतिपय जग्गाधनीले बाटाका लागि जग्गा उपलब्ध गराएर योगदान पुर्याएको स्थानीय बताउछन् । यहा बच्चाहरुका लागि बालमैत्री पार्क निमार्ण गरिएको छ तर हाल त्यस पार्कको संरक्षणका कारण ओझेलमा पर्ने अवस्थामा छ।
कुनै समय पौडी खेल्ने, बोटिङ गर्न तथा रमणीय तालको किनारमा बसेर आनन्द लिन लोभ्याउने पर्यटकीय तालमा अहिले जलकुम्भीले बास बनाएको देखिन्छ । यसको रेखदेख तथा विगतको इतिहासलाई संरक्षण गर्न स्थानीय सरकार तथा सरोकारवालाको सक्रियताको आवश्यकता रहेको छ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो