फाष्ट मिडिया नेपाल संवाददाता
उदयपुर । उदयपुरको चौदण्डी नगरपालिका बेलटारका स्वास्थ्य संस्था सञ्चालकलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चौदण्डीगढी नगरपालिका–७ का गोपीकृष्ण मेडिकल हल सञ्चालक ५० वर्षीया विरेन्द्र झालाई एक हप्तापछि आज प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै उक्त कुराको खुलासा गरेको हो ।
अवैध रुपमा प्रतिबन्धित औषधी बेचबिखन गरिरहेको छ, भन्ने गोप्य सुचनाको आधारमा गत मंगलबार २ गते नै निजलाई पक्राउ गरिए पनि सार्वजनिक गरिएको थिएन ।
झालाई पक्राउ गरिए लगत्तै स्थानीयवासीले नछोड्न दबाबमुलक आग्रह गर्दै इलाका प्रहरी कार्यालय बेल्टार र जिल्ला प्रहरी कार्यालय गाईघाटलाई ध्यानाकार्षण पत्र नै बुझाएका थिए । झालाई आजै आवश्यक कारवाहीको लागि बरामद औंषधी सहित औंषधी व्यवस्था विभाग पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
११ असोज २०८०, बिहिबार ०९:१९ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो