इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी इटहरी नगर कमिटीको आयोजनामा इटहरीमा रक्तदान कार्यक्रम आयोजना हुँदैछ । जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पका कारण घाइतेहरुको उपचारमा सहयोग पु¥याउने उद्देश्यले भोलि २५ गते शनिबार सो रक्तदान गर्न लागिएको रास्वपा इटहरी नगर कमिटीले जनाएको छ ।
इटहरीको संगीत चोकमा बिहान ७ बजेदेखि आयोजना हुने सो कार्यक्रममा उपस्थित भई रक्तदान जीवन दान, जीवन दान महादानमा सहभागी भई पुण्य कमाउन आग्रह समेत गरेको रास्वपा इटहरी ८ का सभापति चित्र सिग्देल बताउँछन् । सिग्देलका अनुसार भुकम्प प्रभावित क्षेत्रमा रगतको अभाव भएको भन्ने सुन्नमा आएकोले भोली आयोजना हुने रक्तदानबाट बढी भन्दा बढी रगत संकलन गरी भुकप प्रभावित क्षेत्रमा पठाउने बताएका छन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
२४ कार्तिक २०८०, शुक्रबार ०४:२९ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो