विराटचोक (मोरङ) । कपिलवस्तुको बुद्धभुमि ९ बाट लुम्बिनी नेपाल टुर भुटानका लागि युट्युव साइबर टुरमा ग्रेटर नेपालको नक्सा लिएर एक युवा यात्रामा छन् ।
ग्रेटर नेपालको अभियानमा युवा मोहनलाल जैसी सापकोटा साइकिलिंङ्ग यात्रा गर्दै नेपालको ग्रेटर नक्सालाई भारतसम देखाउदै भुटान सम्म पुग्ने लक्ष्य लिएको छन्। आइतबार ५ दिनको यात्रा पछि उनी मोरङको सुन्दरहरैंचा आइपुगेका छन् । सो अवसरमा उनले बालेको ग्रेटर नेपालो अभियानमा रहेको र पहिलाको सन्धी खारेज गर्दै पहिलाको नेपाल चाहियो भन्ने माग उनको रहेको उनले बताए । उनले गोर्खालीले विश्व चिनाएको तिनै गोर्खालीको देश लुट्न नदिने उनको प्रतिक्रिया थियो । अभियानको समर्थन कतै छैन । बालेनको समर्थन र उनकै अभियानमा निस्किएकोले बालेको समर्थन पाउनेमा आशावादी रहेको उनले बताए ।
उनी भारतले छरेको नकारात्मक भ्रामक प्रचार विरुद्ध गौतम बुद्ध लुम्बिनीमा जन्मिएको र लुम्बिनी नेपालमा छ भन्ने संदेश दिदै सीता जनकपुरमा जन्मिएको प्रचार गर्दै साइकलमा यात्रा गर्दै भुटान सम्म यात्रा तय गरेका हुन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो