श्रीमान श्रीमति डाक्टर । आफ्नै बालबालिकाको लागि अस्प्ताल सञ्चालक पनि र अन्य ठाउँमा सेवा दिने डाक्टर । साना लालाबाला छोराछोरी ४ वर्ष र ६ वर्षका अनि बृद्ध बुबाआमा (ससुराली), आफ्ना मातापिता अमेरिका, दाई अमेरिका ।
यस्तो परिवारका लागि गएको शनिबार विक्षिप्त बन्यो । अमेरिका हुनेहरु बाँचे । बाँच्न त श्रीमति डाक्टर सृष्टि तिवारी गौतमले आफू बाहेक परिवारका ५ जना चढेको कार भिरबाट झनबाट जोगाउन खोज्दा खोज्दै पनि बचाउन सकिनन र आफु बाँचिन र परिवार गुमाइन् ।
काठमाडौंबाट मकवानपुरको चित्लाङ घुम्न जाने क्रममा गन्तव्यमा पुग्नै सकेनन् । निजी कार लिएर निस्कएका उनीहरु थानकोट हुँदै हिमचुली सेतो पहरा भन्ने ठाउँमा पुगेपछि कारले उकालो तानेन र श्रीमति सृष्टि तिवारी ओर्लिएर गाडि धकेल्ने र ओट लाउने गर्न थालिन तर कार अडिएन र भिरबाट ६ सय मिटर तल खस्यो । आफ्नै आँखा अगाडि आँखाले भेउ नपाउने गरी कार तल बजारियो र श्रीमान, छोराछोरी र बाबुआमा गुमाउन पुगिन ।
यो दर्दनाक घटना काठमाडौं लाजिम्पाट निवासीको हो । अहिले श्रीमति डा. सृष्टि विक्षिप्त मात्र छैनन मुर्छित छन् तर उनका अमेरिकामा रहेका सासुससुरा र जेठाजु आएपछि दाहसंस्कार गर्ने तयारीमा रहेको अन्य पारिवारिक स्र्रोतले जानकारी दिएको छ । सो दुर्घटनामा उनका श्रीमान ३८ वर्षीया डा महेशकुमार गौतम, ४ वर्षीया छोरा प्रियांशु, ६ वर्षीया छोरी स्मारिका, ६७ वर्षीया ससुरा ओमकारनिधि तिवारी र सासु कल्प्ना तिवारीको ज्यान गयो । सबैप्रति भावपूर्ण श्रद्धाञ्जलीसहित हार्दिक समवेदना ।