बराहक्षेत्र । साधुसन्तहरुको पवित्र पावन भूमि हरिद्धार चतरा र बराहक्षेत्रमा भ्रमण गर्नेको संख्यामा बृद्धि भएको छ । वराहक्षेत्र मन्दिरमा निष्ठाका साथ पूजाआजा गर्न, कोकाकौशिका नदी र सप्तकोशीको जलले स्नान गर्न धार्मिक पर्यटकहरुको संख्यामा बृद्धि भएको बराहक्षेत्र संरक्षण मञ्चले जनाएको छ । हिउँद लागेसँगै कात्तिके मेला र माघी मेलामा बढी तीर्थालु भक्तजन वराहक्षेत्र मन्दिर आउने गरेको मञ्चका सचिव राजु घिमिरे बताउँछन् । मेलामा नेपालका विभिन्न जिल्लासहित भारतको बिहारबाट तीर्थालु भित्रिने गरेका छन् । चार धाममध्येको एक धाम मानिएको वराहक्षे मन्दिर हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल रहेको छ ।
किंवदन्तीअनुसार पृथ्वी आकाश गङ्गामा हराएको बखत सम्पूर्ण प्राणी जगतको उद्धार गरेर यस ठाउँमा वराह भगवानको अवतार भएको मानिन्छ । यही विश्वासले महिमागान गर्दै वराहक्षेत्रको दर्शन गर्न तीर्थालु आउने गर्दछन् ।
वराहक्षेत्रको दर्शन गर्नाले सुख, शान्ति प्राप्ति हुने विश्वास छ । साथै वराहक्षेत्र मन्दिरमा भाकल गर्ने, पूजा गर्ने, कोकाकौशिका नदीमा स्नान गर्नाले पाप नष्ट भई आनन्द प्राप्त हुने जनविश्वास छ ।
वराहक्षेत्र नगरपालीका वडा नं १ मा पर्ने सो क्षेत्रमा माघे , हरिबोधनी एकादशी जस्ता समयहरुमा लाग्ने मेलाले वराहक्षेत्रको महत्वलाई संसार भर फैलाउन मदत गरेको छ । त्यस्ता मेलाहरुमा नेपालबाहिरबाट पनि तिर्थालुहरु आउने गर्दछन् । माघे मेलामा कोवा कौशिकिको संगम स्थलमा गएर स्नान गर्ने परम्पता रहेको छ भने हरिबोद्बनी एकादशी मेलालाई भगवान बिष्णुको महिमासंग जोडिएको पर्व रहेको छ ।
हरिबोद्बनी एकादशी (कात्तिके) मेलामा पुजा आरधना र मेला भर्न ५ लाख भक्तजन आउने गरेको बिगतको तथ्य रहेको संरक्षण मञ्चका सचिव घिमिरे बताउँछन् । धरानबाट चतराहुदै र झुम्काबाट चतराहुँदै वराहक्षेत्रमा तिर्थालुहरु आउने गरेका छन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो