फाष्ट मिडिया नेपाल न्युज डेक्स
इटहरी । सर्वप्रथम त गुरु शब्दले शैक्षिक जागरणमा योगदान पु¥याउने आम शिक्षकलाई दर्शाउँछ । त्यो भन्दा अगाडि तोते बोलीमै अक्षर फुटाउन सहयोग गर्ने आमा, बुबा र घरका परिवार पनि गुरुभित्रै कहलिन्छन् । घरमा हाम्रा संस्कार र संस्कृतिका कुरा सिकाउने ब्रम्हाण पनि गुरु नै हुन्छन् । कसैले कसैलाई कुनै नजानेको कुरा सिकाउछ भने ऊ गुरु कहलिन्छ ? आज देशव्यापी रूपमा गुरूपूर्णिमा मनाइँदैछ। अषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति ‘गुरुदेव भवः भन्दै श्रद्धा र भक्तिभावका साथ पर्व मनाइँदैछ । तर यहाँ संकोच पनि पैदा गरेको छ कि गुरु कसलाई केका आधारमा कसलाई मान्ने ? आम मानिसहरु दोधारमा परेका छन् । आफूले गुरु मानेकाहरु दिनदनै अनैतिक, व्यभिचार, कुलत, अमर्यादित, हत्या, हिंसा र भ्रष्टाचारमा फसेर गुरुका मर्यादा माटामा मिलाईदिएका छन् । गुरुका नाममा कनि कनि पढाउने शिक्षकहरुको संख्या पनि धेरै छ जसको शिक्षाबाट विद्यार्थीको भविष्य डामाडोल समेत बनेको छ । कक्षामा गएर किताबमा लेखिएको पाठ पढेर सुनाउने गुरुलाई गुरु मान्ने कि नमान्ने ? आज आम शिष्यहरु दोधारमा उभिएका छन् तैपनि गुरु पुर्णिमा एउटा सांस्कृतिक र मानमर्दनको पर्व पनि हो । जसले आफूले कोहीबाट जीवनोपयोगी नयाँ कुरा सिकेको हुन्छ भने उसले गुरु मान्दछ ।
तर पछिल्लो समयमा गुरुहरु विवादित बन्दै आएका छन् । खासगरी शिक्षासँग जोडिएर अध्यापन गरााईरहेका शिक्षकहरु विवादित छन् । यसअर्थमा पनि विवादत छन् कि उसले कुन दलसँग सम्बद्ध रहेर शैक्षिक अध्यापन गराईरहेको छ ? राजनीति गर्ने शिक्षकका कारणले पनि गुरुको मान्यतामा धक्का दिएको छ । पार्टीका कार्यकर्ताका लागि नेताहरु गुरु हुन् । उनीहरुले गरेका भ्रष्टाचार, दलाली, अनैतिक र व्यभिचारी अनि पक्ष र विपक्षको राजनीतिक कर्मका कारण विवादित छन् । मन्दिदरका पुजारीहरु विवादित छन् । पदीय मर्यादामा बसेका व्यक्तिहरु सबै विवादित हुने हो भने अब मान्ने गुरु चाहि को हो त ? यो गहन प्रश्न छ । आज गुरु पुर्णिमका दिन आम मानिसहरु आखिर गुरु कोहो त भनेर खोजि गरिरहेका छन् ? खास गरेर शिक्षा दिनेलाई गुरु मान्ने संस्कारमा कालो दाग लागिरहेको छ । अर्कोतिर शिक्षकले पाउने सेवा सुविधा हिसाबले पनि शिक्षा पेशाप्रतिको आकर्षण पनि घट्दै छ । अहिले गणतन्त्रको यात्रामा दौडिरहँदा शिषकहरुप्रतिको मान, सम्मान, इज्जत र प्रतिष्ठा खस्किएको छ । सरकारी विभेद अनि शिक्षकको कर्मकै कारण गुरु जस्तो पवित्र शब्दको उपहाँस भईहहेको छ ।
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।
आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने प्रचलन छ ।
गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय एवं संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने विभिन्न औपचारिक कार्यक्रममा झुम्ने गर्दछन् ।
संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको संस्कृतिविदको भनाइ छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो