राष्ट्रिय सम्मानका साथ प्रधानमन्त्री पत्नी प्रथम महिला सिता दाहालको अन्त्येष्ठि, प्रचण्डसहित २ छोरीले दिए दागबत्ती

खगेन्द्र कार्की

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को जीवनसंगीनि तथा प्रथम महिला सीता दाहालको राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ । बुधबार पशुपति आर्यघाटमा गरिएको अन्तिम संस्कारमा प्रधानमन्त्री प्रचण्डसहित उनका दुई छोरीहरु गंगा र रेनुका दाहाले दागबत्ति दिएका थिए । दाहालको हिन्दु संस्कार अनुसार दाहसंस्कार गरिएको छ ।  अन्तिम सं‌स्कारमा  शीर्ष दलका नेताहरुसहित कार्यकर्ताहरु आर्यघाट पुगेका थिए । सीताको  आज विहान  निधन भएको थियो ।

खगेन्द्र कार्की
प्रतिक्रिया