२९ औं राष्ट्रिय कण्डम दिवस दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ ।
एचआइभी, यौन रोग, र नचाहेको गर्भ सबैबाट सुरक्षा गर्ने कन्डम दिवस भोलि शनिबार देशभर मनाइँदैछ । सोही अवसरमा इटहरी उपमहानगरपालिकाको आयोजनामा इटहरीमा विभिन्न संघसंस्थाको समन्वयमा र सहकार्यमा कार्यक्रम गर्दैछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दिवसको अवसरमा आयोजित कार्यक्रमहरुमा एचआईभी एड्स, यौनरोग तथा अनिच्छित गर्भ रहनबाट बच्न कण्डमको प्रयोग गर्नुपर्ने एवं प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिइने जनाएको छ ।
कार्यक्रम इटहरी र एचआईभी सम्बन्धी काम गर्ने विभिन्न संघसंस्थाको समन्वयमा र सहकार्यमा आयोजना गरिँदैछ । कार्यक्रम सफल बनाउन प्रचारप्रसार सहित कार्यक्रमको तयारीमा जुटेको छ । २९ औंं राष्ट्रिय कन्डम दिवस दोहोरो सुरक्षाका लागि कण्डमको प्रयोग गरौं । सर्नबाट बचाउँछ एचआईभी एड्स, कण्डमको प्रयोग नै हो सबैभन्दा वेश । यौन सम्पर्क गर्दा सबैले पुर्याउँ ध्यान, एचआईभी एड्स र यौन रोगबाट बचाउँछ कण्डमले हाम्रो ज्यान । एचआईभी एड्सको घरमै बसी जोखिम मापन गरौं । आफू पनि बचौं र अरुलाई पनि बचाऔं । नियमित कण्डमको प्रयोग गरौं भन्दै व्यापक रुपका कार्यक्रम गर्न मेरो साथीले जनाएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो