आग्रह र पूर्वाग्रहका साथ कर्मचारीमाथि इटहरी उपमहानगरपालिकामा राजनीति, सरुवामा विरोध

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । इटहरी उपमहानगरपालिका जनप्रतिनिधिहरुको इच्छा अनुसार आ–आफ्ना कर्मचारी राख्ने होडबाजीले विवादमा तानिएका छ । एकाएक अवैज्ञानिक ढंगले करको भार इटहरीका जनतामा थोपरेको आरोप झेलिरहेको इटहरी उपमहानगरपालिका फेरी कर्मचारी सरुवा विवादमा तानिएको हो । 

उपमहानगरपालिकाका कर्मचारीहरुलाई मनपरी सरुवा गरेको भन्दै कार्यपालिका सदस्यहरुले सरुवा बदर गर्न माग मात्र गरेनन उनीहरुले उपमहानगरसहित सम्बद्ध निकायमा ज्ञापन पत्र नै बुझाए । आन्तरिक सरुवा बदर नगरे संघर्षमा उत्रने चेतावनी पनि दिए । त्यो चेतावनी उपमहानगरपालिका बाहिरका अन्य राजनीतिक दलको नभई एमाले सम्बद्ध जनप्रतिनिधिको हो । उपमहानगर उपमेयर संगीता चौधरीसहित कार्यपालिकाका सदस्यहरुले ज्ञापन पत्र बुझाउँदै उक्त चेतावनी दिएका छन् । राजनीतिक आग्रह र पूर्वाग्रहको नाममा कर्मचारी आफ्नै चाहिने झै गरी आरोपप्रत्यारोपमा उत्रिएका छ् । एमाले सम्बद्ध जनप्रतिनिधि भन्छन–राजनीतीक पूर्वाग्रहका आधारमा मापदण्डविपरीत सरुवा गरिएको र यस्तो कार्यले कर्मचारीहरुलाई हतोत्साहि बनाएको छ । दुई दुई वर्षमा सरुवा गर्ने सामान्य नियमसमेत पालना नगरी प्रत्येक वर्ष कर्मचारी सरुवा गर्दा नयाँ ठाउँको अवस्था बुझ्न समय लाग्ने र त्यसले विकास निर्माण कार्य प्रभावित बनाएको दावी पनि गरिएको छ । 

यस्तै उपमहानगरपालिकाको सांगठानिक संरचना व्यवस्थापनमा समेत हुँदै नभएका शाखा महाशाखा थपघट गरेकोमा समेत उनीहरुको विरोध छ । 

प्रमुख प्रशासकीय अधिकृत रामचरित मेहतालाई बुझाएको ज्ञापनपत्रको बोधार्थमा नगर प्रमुख, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय, अख्तियार दुरुपयोग अनुसंन्धान आयोगको कार्यालय र जिल्ला प्रशासन कार्यालय उल्लेख गरिएको छ ।  कर वृद्धिको विरोधमा एमाले जनप्रतिनिधिहरु आन्दोलित रहेकै समयमा भएको कर्मचारी सरुवाले झन् तनावपूर्ण स्थिती सृजना गरेको छ । 


खगेन्द्र कार्की
प्रतिक्रिया