कोशी प्रदेश प्रहरीको साउन महिनाको कार्य प्रगति समिक्षा

फाष्ट मिडिया नेपाल संवाददाता

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेखर खनालले मातहत प्रहरी प्रमुखहरुलाई ख्ष्चतगब िमाध्यमद्वारा आवश्यक निर्देशन दिनुका साथै जिल्ला प्रहरी कार्यालयहरुबाट सम्पादित साउन महिनाको कार्य प्रगतिको तुलनात्मक समिक्षा गर्नु भएको छ । भदौ २२ गते भएको समिक्षामा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाले १४ वटै जिल्ला प्रहरी कार्यालयहरुबाट भएका फैसला कार्यान्वयन, चोरी तस्करी नियन्त्रण, फरार अभियुक्त पक्राउ, मुद्दा फर्छौट, सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्य लगायत मुख्य–मुख्य उद्धेश्यहरुका विषयमा तुलनात्मक विवरण प्रस्तुत गर्नु भएको थियो ।

– समिक्षा पश्चात जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशनको क्रममा कोशी प्रदेश प्रहरी प्रमुख खनालले तालुक कार्यालय तथा यस कार्यालयबाट दिईएका निर्देशनको अक्षरस पालना गरी आम नागरिकहरुसंग समन्वय र सहकार्य गर्दै समाजमा शान्ति सुरक्षा प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ ।

– प्रहरी कार्यालयमा आउने सेवाग्राही, प्राप्त निवेदन र उजुरीलाई प्राथमिकताका साथ सम्बोधन गर्न, महिला बालबालिकाहरुसंग सम्बन्धीत उजुरीलाई संबेदनशिल भई बिशेष ध्यान दिन ।

– चौकी स्तर सम्मका प्रहरी कार्यलयहरुमा फरार प्रतिबादीहरुको बिवरण उपलव्ध गराई विशेष सक्रियताका साथ पक्राउ गर्न , खुल्ला सीमानाको कारण हुन सक्ने भन्सार छली, चोरी तस्करी, लागू औषधको प्रयोग तथा ओसार, पसारलाई नियन्त्रण गर्न प्रभावकारीरुपमा प्रहरी परिचालन गर्न ।

– सवारी दुर्घटना न्यूनिकरण गर्न कार्य योजना बनाई ट्राफिक जनचेतना अभिवृद्धि, यातायात व्यवसायी, स्थानिय निकाय, संघ संस्थाहरुसंग सहकार्य गरी प्रभावकारी प्रहरी परिचालन गर्न र ट्राफिक नियम उलंघन गर्नेलाई कानून बमोजिम कार्वाही गर्न ।

– विपदका घटनाहरु जुन सुकै अवस्थामा घटन सक्ने हुँदा आवश्यक सामग्रीहरु सहित परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन र नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना बनाई प्रभावकारीरुपमा प्रहरी परिचालन गरी आपराधिक गतिविधि नियन्त्रण गर्न निर्देशन दिनु भएको छ । क्भभ भिकक


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया