इटहरी । भारतीय सरकारले नेपालका लागि छुट्टै बजेटको व्यवस्था मिलाएको छ । चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारतले ६ सय ५० करोड रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ ।
छिमेकी मुलुकमध्ये भारतले सबैभन्दा बढी भुटानलाई अनुदान दिने बजेटमा उल्लेख छ । भुटानलाई भारतले २ हजार ६८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ ।
त्यस्तै भारतको आगामी बजेटमा मालदिभ्सलाई ४ सय करोड, म्यानमारलाई २ सय ५० करोड, श्रीलंकालाई २ सय ४५ करोड, अफगानिस्तानलाई २ सय करोड, बंगलादेशलाई १ सय २० करोड, अफ्रिकी मुलुकहरूलाई २ सय करोड र मंगलोलियालाई ५ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने उल्लेख छ ।
यसैगरी भारत सरकारले कोशी नदीको बाढी नियन्त्रण र सिँचाइ परियोजनाका लागि ११ हजार ५ सय करोड भारतीय रुपैयाँ बजेट छुट्याउने भएको छ ।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार भारतीय संसद्मा बजेट प्रस्तुत गर्ने क्रममा कोशीको बाढी नियन्त्रण सरकारको प्राथमकितामा रहेको बताएकी हुन् ।
कोशी नदीको बाढीले बिहार निरन्तर ग्रस्त रहेको उल्लेख गर्दै अर्थमन्त्री सीतारमणले क्षतिको अध्ययन गर्नका लागि काम थालिने बताएकी छिन् ।
त्यस्तै नेपालमा बाढी नियन्त्रणका लागि संरचना निर्माण बाँकी नै रहेको र त्यसमा भारतले सरकारले सहयोग गर्ने पनि उनको भनाइ छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो