नेपाल कम्युनिस्ट पार्टी इटहरी नाै काे उपसचिव तिला तामाङले पार्टी परित्याग गरेकी छिन् ।

cVSedOCloS

इटहरी ।जेन्जी समूहले देस र समाजका लागि उठाईरहेकाे मुद्दा सहि र महत्त्वपूर्ण रहेकाे भन्दै तिला तामाङले आफू नेपाल कम्नीस्ट पार्टी इटहरी नाै नम्बर वडाकाे उपसचिव र अखिल नेपाल महिला संघकाे अध्यक्ष पद परित्याग गरेकाे जानकारी गराएकी छिन् ।

सामाजिक काम गर्न कुनै पनि पार्टीमा आबद्ध हुनु पर्ने बाध्यताले आफुले कम्युनिस्ट पार्टीमा केही समय अगाडि प्रबेस गरेकाे भएता पनि आजकाे मिति देखि यसै मिडिया मार्फत पार्टी परित्याग गरि स्वतन्त्र भएर सामाजिक काम गर्ने बताएकी छिन ।

उनका अनुसार यस्तो पुस्ता १० वर्ष अगाडि नै आउनुपर्ने भए पनि ढिला भएपनि अहिले सक्रिय भई समाजको आवाज उठाउनु स्वागतयोग्य कदम हो । उनले आफूले जेन्जी समूहलाई पूर्ण समर्थन गर्ने बताउँदै अब बाँकी जीवन सामाजिक सेवामा समर्पित गर्ने घोषणा गरेकी छन् ।

समाजमा व्याप्त बेथिति, अन्याय र असमानताविरुद्ध जेन्जी समूहले देखाएको प्रतिबद्धता प्रेरणादायी रहेको भन्दै तामाङले आगामी दिनमा अझ प्रभावकारी रूपमा समाज सुधारका अभियानमा जुट्ने प्रतिवद्धता व्यक्त गरिन् ।

cVSedOCloS
प्रतिक्रिया