मोरङको हसन्दह बजारमा जितिया विशेष साँस्कृतिक कार्यक्रम

खगेन्द्र कार्की

हसन्दह । मोरङको पथरीशनिश्चरे हसन्दह बजारमा जितिया विशेष साँस्कृतिक कार्यक्रम–२०८० धुमधामका साथ सम्पन्न भएको छ । 

विहिबार  पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा थारु कल्याणकारिणी सभाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले जितिया पर्वको शुभकामना व्यक्त गरे । रामनारायण चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रम वडा नं. ८ का वडाध्यक्ष तथा नगरका प्रवक्ता नविन कार्की, वडा नं. ५ का अध्यक्ष चेतेन्द्र खड्का, वडा नं. ६ का अध्यक्ष कृष्ण कुमार बस्नेत, आदिवासी जनजाति महासंघ नगर अध्यक्ष देवेन्द्र लिम्बु, वडा सदस्यहरु, थारु कल्याणकारी समाजका केन्द्रीय सदस्यहरु र सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।  

आयोजकका बाबुराम चौधरीले स्वागत मन्तव्य राखेका थिए भने थारु साँस्कृतिक स्वागत नृत्यबाट साँस्कृतिक कार्यक्रम सुरु भएको थियो । यस्तैगरी विभिन्न साँस्कृतिक नृत्य र गायनहरु प्रस्तुत गरिएको थियो ।


खगेन्द्र कार्की
प्रतिक्रिया