सुनसरी । श्री राष्ट्रिय सेवा दल पुर्वी तालिम शिक्षालय याङ्गसीला ब्यारेक मोरङमा जुनियर डिभिजन तालिमको दिक्षान्त समारोह सम्पन्न भएको छ । श्री राष्ट्रिय सेवा दलद्वारा शिक्षा मन्त्रालय सँगको समन्वयमा विद्यालय तथा शिक्षार्थी छनौट गरी सय दिनको तालिम पश्चात दिक्षान्त समारोह सम्पन्न गरीएको हो ।
उक्त तालिममा त्रिभुवन मा.वि.ऐसेलुखर्क खोटाङका छात्रा स्पन्दना राई प्रथम, पशुपती आवसीय मा.वि. मोरङका प्रमन कार्की छात्र क्याडेट तर्फ प्रथम, श्री पशुपति आवसीय मा.वि. मोरङका छात्रा आरती दाहाल मोडल वृफिङ तर्फ सर्वकृष्ट, सगरमाथा इङलीस वोर्डिङ स्कुल उदयपुरका छात्रा आस्था श्रेष्ठ वेष्ट स्पिकर, त्यसैगरी श्री मनकामना रत्न अम्वीका मा.वि.संखुवासभा वेष्ट प्लाटुन भइ प्रथम स्कुल भएको छ ।
उक्त दिक्षान्त समारोहमा कोसी प्रदेशका मोरङ, पाचथर, संखुवासभा, ओखलढुङगा, खोटाङ, उदउपुर रहेका छन भने मधेस प्रदेशवाट सिराह, महोतरी, धनुषा, सर्लाही, रौतहट र वागमती प्रदेशका पन्ध्र वटा स्कुलका पाँच सय चालिस जना मध्ये सुनसरी जिल्लाको महेन्द्र मा.वि. वराहक्षेत्रका छत्तीस, श्री जनता मा.वि.इटहरी वाट छत्तीस,श्री पव्लीक मा.वी हाइस्कुल धरान वाट पैतिस जना विधार्थीहरुको एन सी सी तालिममा सहभागीता रहेको नेपाली सेना कृष्णदल गणका गणपति प्रमुख सेनानी अमित लामाले जानकारी गराए ।
पुर्वी पृतनाको पृतनापती उपरथी आस बहादुर तामाङको प्रमुख आतित्थ्यतामा भएको उक्त समारोहमा स्थानिय जनप्रतिनिधीहरु, पुर्वी पृतना हेडक्वाटर अन्तरगतका गणपतीहरु, विद्यालयका प्रधानध्यापक, अभिभावकहरुको सहभागिता रहेको थियो ।
दयाराम कटेल
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो