इटहरी । राष्ट्रियसभा सदस्यको निर्वाचनमा देशभरबाट तीन जना सेलिब्रटी मेयर बाहेक सबैले मतदानमा भाग लिएका छन् ।
बिहीबार भएको निर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल बाहेक सबै पालिकाका जनप्रतिनिधिले राििष्ट्रयसभा निर्वाचनमा भाग लिएका हुन । सातै प्रदेशका प्रदेश निर्वाचन कार्यालयमा बिहीबार बिहान ९ बजेबाट सुरु भएर अपरान्ह ३ बजेसम्म चलेको मतदानमा उक्त तीन जना बाहेक सबैले भाग लिई मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
११ माघ २०८०, बिहिबार ०९:३९ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो