लागुऔषध ब्युरोले लागुऔषध कारोबारी तथा प्रयोगकर्ता नियन्त्रणमा

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

विराटनगर । लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरले लागुऔषध कारोबारी र सेवनकर्ताहरु नियन्त्रणमा लिने क्रम बढाएको छ ।

प्राप्त जानकारी अनुसार चेकजाँच को क्रममा मोरङ जिल्लाको  सुन्दरहरैचा नगरपालिका ३ बाट स्थानिय ४८ बर्षिय नेत्र बिनोद भट्टराई पक्राउलाई चेकजाँचका क्रममा पक्राउ गरेको विश्वस्त स्रोतको दावी छ । 

भट्टराईको साथबाट प्रतिबन्धित लागू औषध खैरो हिरोईन ५१ ग्राम ६५० मिलिग्राम र लागूऔषध तौलन प्रयोग हुने डिजिटल तराजु १ थान समेत बरामद गरि आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय बेलबारीमा बुझाएको छ। जिल्ला अदालत मोरङबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको बेलबारी प्रहरीले जनाएको छ।


खगेन्द्र कार्की
प्रतिक्रिया