इटहरी । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आइतबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। दुईपटक विद्युत प्राधिकरणको कार्यकारी निर्देशक र जेन–जी आन्दोलनपछि नागरिक सरकारका ऊर्जामन्त्रीसमेत रहेका घिसिङले प्रस्तुत गरेका आठ एजेन्डा व्यवहारिक मानिएका छन् ।
पहिलो एजेन्डा अनुसार पार्टीले प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री र दलविहिन स्थानीय चुनावको व्यवस्था गर्ने प्रस्ताव गरेको छ, जसले प्रदेश नेतृत्वलाई जनताको प्रत्यक्ष अनुमोदन दिलाउने बताइएको छ ।
दोस्रो, भ्रष्टाचार सूचनादाता पुरस्कार योजना अन्तर्गत अदालतले प्रमाणित गरेको जरिवानाको ५ प्रतिशत सूचना दिने व्यक्तिलाई दिने व्यवस्था रहनेछ । यसले भ्रष्टाचार घटाउने उद्देश्य राखेको छ ।
तेस्रो, जलविद्युत् लगानीमा नागरिक सहभागिता योजनाअन्तर्गत “एक घर, एक हजार कित्ता सेयर” नीति ल्याइनेछ, जसले प्रत्येक परिवार र श्रमिकलाई जलस्रोतमा लगानी गर्ने अवसर दिनेछ ।
चौथो, प्लस टू शिक्षा व्यवसायिक बनाउने कार्यक्रममार्फत विद्यार्थीलाई इन्टर्नशिप र मासिक १० हजार प्रोत्साहन रकम दिने योजना छ ।
पाँचौँ, कृषि विद्युत् योजना अन्तर्गत खेती, पशुपालन र माछापालनमा प्रयोग हुने बिजुलीमा सहुलियत दिने प्रस्ताव गरिएको छ ।
छैटौँ, गण्डकी, कोशी र कर्णालीमा जलमार्ग निर्माण गरी यातायातको नयाँ विकल्प विकास गर्ने योजना समावेश छ ।
सातौँ, बुटिक विमानस्थल योजना अन्तर्गत देशका १० विमानस्थलमा क्षेत्रीय कला–संस्कृतिको झल्को दिने संरचना बनाइनेछ ।
अन्तिम, विकास छाता ऐन ल्याई द्रुतमार्ग र ठूला परियोजनामा देखिने प्रशासनिक अवरोध हटाउने नीति पार्टीले अघि सारेको छ ।
घिसिङको पार्टीले यी कार्यक्रमलाई “व्यवहारिक र सम्भाव्य” भन्दै ऊर्जा, शिक्षा, पर्यटन र सुशासनमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरेको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो