कार्कीसँग जुध्नै सकेनन थापा, अन्ततः कोशी प्रदेशमा कार्कीकै दबदबा, पुनः बने मुख्यमन्त्री

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

विराटनगर । दुई र्दुइ पटक मुख्य मन्त्री नियुक्त भएका कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री उद्धव थापाको पुर्पुरो खराब देखियो । जसोतसो मुख्यमन्त्रीको पदमा पुगे पनि असंवैधानिक ठहर भयो । सरकार गठना अंकगणितीय अभ्यास थापालाई थापेन । अन्ततः पुनः अदालतको माध्यमबाट हिक्मत कार्कीकै पुर्पुरो दर्बिलो देखियो । अझै पनि उल्झनहरु, समस्याहरु धेरै छन् । अब फेरी विश्वासका मत त लिनै पर्छ त्यसबेला अब कार्कीको राजनीतिक दाउपेच कस्तो रहन्छ त्यसैमा उनको आयु निर्भर गर्दछ । 

तथापि शुक्रबार (हिजो)  कोशी प्रदेशका प्रदेशप्रमुख पर्शुराम खापुङ्गले हिक्मतकुमार कार्कीलाई शुक्रबार साँझ प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले शुक्रबार नै शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख खापुङ्गले मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुखको कार्यालयमा नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरी पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

यसैगरी, प्रदेशप्रमुख खापुङ्गले मुख्यमन्त्री कार्कीद्वारा मन्त्रिपरिषद् गठनका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम तिलकुमार मेन्याङ्वो (लिम्वु)लाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, पाँच कर्ण राईलाई पर्यटन, वन तथा वातावरण र उद्योग, कृषि तथा सहकारी मन्त्री, एकराज कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री र सिर्जना राईलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गर्न सिफारिश गरेका छन् । उनले मेन्याङ्वो, राई र कार्कीलाई पद तथा गोपनियताको शपथ ग्रहण पनि गराएका छन् । यसैगरी मुख्यमन्त्री कार्की राज्यमन्त्री राईलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएको छ । शपथ ग्रहण समारोहमा प्रदेशका निवर्तमान मुख्यमन्त्री उद्धव थापा, प्रदेशसभा सदस्य, प्रदेश सरकार अन्तर्गतका कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनैतिक दलका नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


खगेन्द्र कार्की
प्रतिक्रिया