केराबारी गाउँपालिकाले खदम मुक्तिघाट निर्माण जारी, अन्य संरचनाका निम्ति सहयोगको अपेक्षा

फाष्ट मिडिया नेपाल संवाददाता

केराबारी । केराबारी गाउँपालिकाले केराबारीस्थित वडा नं. १० को दारे खोस्सिमा खदम मुक्तिघाट निर्माण कार्य जारी रहेको छ ।

गाउँपालिकाले उपलब्ध गराएको ७ लाख र वडा नं. ३ बाट ५० हजार बजेटबाट सो मुक्तिघाटको निर्माण कार्य भईरहेको मुक्तिघाट व्यवस्थापन तथा निर्माण समितिका अध्यक्ष टंकबहादुर बस्नेतले बताए । उनका अनुसार अहिले सो खदम मुक्तिघाटको सिंढी तथा प्याराफिट निर्माण कर्या अन्तिम चरणमा पुगेको छ । बस्नेतका अनुसार सो मुक्तिघाट निर्माणका निम्ति सहयोग गर्ने चन्दादाताहरुको नाम सिलालेखमा लेख्ने गरी काम अगाडि बढिरहेको छ । सो मुक्तिघाटलाई पूर्ण बनाउनका निम्ति अझै धेरै रकमको आवश्यक पर्ने भएकोलेले अन्य संरचना निर्माणका निम्ति मनका धनी सहयोगदाताहरुको आवश्यकता  आवश्यक रहेको भन्दै सहयोगको लागि केराबारियनहरुलाई रहेको अध्यक्ष बस्नेतले अपिल समेत गरेका छन् । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया