धनकुटामा भीम नारायण, यज्ञ वहादुर र शुसिल कोइरालाको स्मृतीमा कार्यक्रम

फाष्ट मिडिया नेपाल संवाददाता

  

धनकुटा । धनकुटाको सहिद भिम नारायण चौकमा सहिद भिम नारायण श्रेष्ठ , कप्तान सहिद यज्ञ वहादुर थापाको ४५ औ स्मृती दिवस र पूर्व प्रधान मन्त्री  पूर्व कांग्रेस सभापति स्वर्गीय शुसिल कोईरालाको स्मृती दिवशको अवसरमा सहिद भिम नारायण स्मृती प्रतिष्ठान धनकुटाले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, नेपाली कांग्रेसका पूर्व केन्द्रिय आमन्त्रित सदस्य सहिद पुत्र मनोहर नारायण श्रेष्ठ, नेपली कांग्रेस प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्य, जिल्ला सचिव विजय सन्तोषी राई, सहसचिव रोशन श्रेष्ठ, महासमिति सदस्य सुमना तिम्सिना, महाधिवेशन प्रतिनिधि धिरेन्द्र वहादुर लिम्बु, नेपाल तरुण दलका केन्द्रिय सदस्यहरु तिलक महत, युवराज पुराजुली, जिल्ला सदस्यहरु अम्विका परियार,विष्णु पौडेल, धनकुटा नगर कार्य समितिका सभापति नरेश श्रेष्ठ, वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई लगायतले सहिदहरु भिम नरायण श्रेष्ठ, सहिद यज्ञ वहादुर थापा र पूर्व प्रधान मन्त्री तथा कांग्रेस सभापति स्वर्गीय सुशिल कोईरालाको योगदानको चर्चा गर्दै उहाहरु प्रति श्रद्धाञ्जली  अर्पण गरेका छन् ।   सहिद भिम नारायण स्मृती प्रतिष्ठान धनकुटाका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतमा सम्पन्न भएको  उक्त श्रद्धाञ्जली कार्यक्रमको संचालन संस्थाका महासचिव रोशन श्रेष्ठले गरेका थिए । सो अवसरमा नेपाल कर्मचारी युनियन धनकुटाका पूर्व अध्यक्ष टंक दवाडी, धनकुटा नगरपालिका वडा नं. ६ का वडा सदस्य कुसुम जोशी श्रेष्ठ, नेपाली कांग्रेसका नेताहरु रमेश शाक्य, विरेन्द्रलाल, श्रेष्ठ, प्रकाश श्रेष्ठ, महेश श्रेष्ठ, धिरेन्द्रलाल श्रेष्ठ, लक्ष्मण खड्का प्रतिष्ठानका कोषाध्यक्ष रिना उदास, समाजसेवी जिवलाल थेचमीलगायतले द्धय सहिद श्रेष्ठ र थापा अनी पूर्व प्रधान मन्त्री तथा पूर्व सभापति स्वर्गीय शुसिल कोईराला प्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । 

सहिद भिम नारायण श्रेष्ठ, कप्तान सहिद यज्ञ वहादुर थापालाई तत्कालिन राजा विरेन्द्रलाई  विराटनगरमा सवारी भएको समयमा २०३० साल चैत्र ३ गते विराटनगरमा बम प्रहार गरेको अभियोगमा  ५ बर्षको कडा जेल सजाय पछि तत्कालिन पञ्चायती सरकारले २०३५ साल माघ २६ गते गोली हानी हत्या गरेको  नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले सुनाए ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया