फाष्ट मिडिया नेपाल न्युज डेक्स
इटहरी । पालिकाका कर्मचारीको सेटिङमा हुने भ्रष्टाचार नौलो होइन । कमिशन र नीतिगत भ्रष्टाचारमा सामेल हुँदिन भन्नेलाई सेवाग्राहीलाई पनि अनेकन वहानामा घुमाएर कमिशन वा घुसको मुठो बुझाउन बाध्य गराउने लेखा अधिकृतहरु पनि अख्तियारको फन्दामा पर्न थालेका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत घुससहित पक्राउ परेका परिसकेका छन् ।
शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएका टोलीले लेखा अधिकृत शेखर ढकाललाई पक्राउ गरेको हो ।
अख्तियारको टोलीले उनलाई दुई लाख घुससहित रंगेहात पक्राउ गरेको जनाएको छ । ढकाललाई कार्यकक्षबाटै पक्राउ गरिएको हो ।
ढकालले नगरपालिका कार्यालयको विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको स्रोतले बताएको छ । उनीमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
जनताको करबाट भएका विकास निर्माणका काममा घुस खानु आमाको रगत खानु सोसरह भएको हुँदा यस्ता रकममा घुस खानेलाई सख्त कारवाही मात्र होइन जिउँदै जलाउनुपर्ने खानेपानी उपाध्यक्ष सुन्दरहरैंचाका जयप्रकाश सिटौलाले बताए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो