मनसुन सुरु भएपछि कोशीमा मुख्यमन्त्री कार्की सजग

फाष्ट मिडिया नेपाल संवाददाता

विराटनगर । मनसुन भएसँगै कोशी प्रदेश सरकारले सजगता अपनाउन सुरु गरेको छ । कोशी प्रदेश सरकारको मनसुन पर्व तयारी तथा प्रतिकार्य योजना २०८१ पास भएको छ । यसबाट आगामी आर्थिक वर्षमा आइ परेको विपदमा उद्दार राहत तथा सचेतनाका निम्ति महत्वपूर्ण भूमिका निकाउने अपेक्षा समेत गरिएको छ । 

बिहीबार मुख्यमन्त्री हिक्मत कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले योजना पास गरेको हो । बैठकमा मुख्यमन्त्री कार्कीले मातहतका निकायहरुलाई विपद्का बेला सबै मिलेर काम गर्नुपर्ने बताउँदै प्रदेश सरकार यहाँहरुको साथमा समन्वयकारी भुमिकामा रहने बताए । 

प्रदेश विपद् व्ययवस्थापन परिषद् मुख्यमन्त्रीको अधयक्षतामा रहने कानुनी व्यवस्था छ ।  


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया